नेपाल टेलिकम र एभरेष्ट बैङ्कले बढाए नेप्से
माघ १८, काठमाडौं (अस) । बुधवार नेपाल टेलिकम र एभरेष्ट बैङ्कको शेयरमूल्य व्यापारको अन्तिम समयमा बढेपछि नेप्से परिसूचक करीब एक अङ्क माथि उक्लियो । व्यापार शुरू भएको केही समयसम्म बढिरहेको परिसूचक नेपाल टेलिकमको शेयरमूल्य स्थिर भएपछि र होटलबाहेक अन्य सबै समूहको परिसूचक घटेपछि आरालो लागेको थियो ।
नेपाल टेलिकमको शेयरमूल्यमा भएको परिवर्तनले दिनभर नेप्सेमा प्रभाव जमायो । बुधवार बजार बन्द हुँदा नेप्से परिसूचक मङ्गलवारको तुलनामा शून्य दशमलव २६ प्रतिशतले बढेर ३ सय १६ दशमलव ७६ बिन्दुमा आइपुग्यो ।
व्यापारमा आएका आठ समूहमध्ये पाँच समूहका परिसूचक बढेको छ । होटल, ‘अन्य’, विकास बैङ्क, बैङ्किङ र बीमा समूहका परिसूचक क्रमशः ५ दशमलव ६१, शून्य दशमलव ६९, शून्य दशमलव १६, शून्य दशमलव शून्य २ र शून्य दशमलव शून्य १ प्रतिशतले बढेका छन् । ओरियण्टल होटलको शेयरमूल्य स्थिर रहे पनि सोल्टी होटलको रू. १७ ले मूल्य बढ्यो ।
‘अन्य’ समूहको नेपाल टेलिकमको शेयरमूल्य रू. ३ ले बढ्यो । पाथीभरा, प्रोफेशनल, उद्यम, एनडिइपी, क्लिन इनर्जीलगायत विकास बैङ्कका शेयरमूल्य बढ्यो । प्राइम, ग्लोबल, एभरेष्ट, किष्ट, सनराइजलगायत बैङ्कहरूका पनि शेयरमूल्य वृद्धि भएको छ । बीमा समूहका प्राइम लाइफ, नेपाल र सिद्धार्थ इन्स्योरेन्सका शेयरमूल्य पनि बढ्यो ।
जलविद्युत् र वित्त कम्पनी समूहको परिसूचक घट्यो । यी समूहका परिसूचक क्रमशः शून्य दशमलव ३३ र शून्य दशमलव १२ प्रतिशतले घटेका छन् ।
चिलिमे र नेशनल हाइड्रोपावरका शेयरमूल्य घट्यो । मूल्य घट्ने वित्त कम्पनीहरूमा हिमालयन फाइनान्स, एनसीएम क्यापिटल मार्केट्स, नारायणी नेशनल फाइनान्स, सगरमाथा मर्चेण्ट्सलगायतका शेयरमूल्य घट्यो । धेरैपछि व्यापारमा आएको साल्ट टे«डिङ कर्पाेरेशनको शेयरमूल्य रू. ५१ ले घटे पनि टे«डिङ परिसूचक भने स्थिर भयो ।
बुधवार कम्पनी सङ्ख्या, व्यापार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै घटे । बुधवार १ हजार ३ सय ६० पटक भएको किनबेचबाट ९० कम्पनीका ८५ हजार ६ सय ८५ शेयर खरीद– विक्री भयो । यसबाट रू. १ करोड ७५ लाख रकमको व्यापार भयो भने रू. २ खर्ब ९४ अर्ब रकमको कुल बजार पूँजीकरण भयो ।
सो दिन ३८ कम्पनीको शेयरमूल्य बढ्यो, ३१ कम्पनीको घट्यो भने बाँकीको स्थिर र≈यो । बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. ४७ लाख ८३ हजार रकमको व्यापार भएर अग्रस्थानमा र≈यो । शेयर सङ्ख्याको आधारमा ११ हजार ८ सय १६ शेयर किनबेच भएको पाटन फाइनान्स अग्रस्थानमा रह्यो ।
व्यापार सङ्ख्याको आधारमा १ सय २२ पटक शेयर किनबेच भएको इम्पेरियल फाइनान्स अग्रस्थानमा र≈यो । त्यसैगरी सोल्टी होटलको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढ्यो भने साल्ट टे«डिङको शेयर मूल्य सबैभन्दा धेरै १६ दशमलव ६१ प्रतिशतले घट्यो ।