शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा करेक्शन


मङ्सिर २९, काठमाडौं । अघिल्लो दिन ३ सय १३ बिन्दुको टेवा परीक्षण गरेर बढेको नेप्से परिसूचक बिहीवार शून्य दशमलव ३६ प्रतिशत घटेको छ । बुधवार बढेर ३ सय १७ सम्म पुगेको नेप्से घटेर बिहीवार ३ सय १६ दशमलव २७ बिन्दुमा आइपुगेको छ ।


कारोबारमा आएका सात समूहमध्ये बीमा, बैङ्किङ, विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक क्रमशः शून्य दशमलव ८७, शून्य दशमलव ६४, शून्य दशमलव २२ र शून्य दशमलव १३ ले घटेका छन् । गुराँस लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स, सूर्या लाइफ, लुम्बिनी जनरललयागतका बीमा कम्पनीहरूको शेयरमूल्य घट्यो । एनसीसी, लुम्बिनी, एनएमबी, लक्ष्मी, सिद्धार्थ, नेपाल एसबीआईलगायतको शेयरमूल्य घटेको छ । मूल्य घट्ने विकास बैङ्कहरूमा प्रोफेशनल, पब्लिक, उद्यम, ज्योतिलगायत रहेका छन् । अपी, नेपाल एक्सप्रेस, युनाइटेड, लुम्बिनीलगायत वित्त कम्पनीहरूको शेयरमूल्य घटेको छ ।


होटल र जलविद्युत् समूहको परिसूचक भने बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य रू. १ ले बढेपछि होटल समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशतले बढ्यो । अरुणभ्याली र चिलिमे जलविद्युत्को शेयरमूल्य बढेपछि जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशतले बढ्यो । ‘अन्य’ समूहको परिसूचक भने स्थिर रहेको छ । बिहीवार कम्पनी सङ्ख्या बढे पनि शेयर सङ्ख्या, कारोबार सङ्ख्या र रकम परिचालन घटेका छन् । सो दिन १ हजार ८ सय ६७ कारोबारबाट ८० कम्पनीका १ लाख १५ हजार ८ सय ५९ कित्ता शेयरको खरीदविक्री भयो ।


यसबाट रू. २ करोड ३५ लाखभन्दा बढी रकम परिचालन भयो भने २ खर्ब ९० अर्बको कुल बजार पजूँ ीकरण भएका े छ । बिहीवार कारोबारमा आएकामध्ये २३ कम्पनीको शेयरमूल्य बढ्यो, ३९ को घट्यो भने बाँकीको स्थिर र≈यो । यस दिन कारोबार सङ्ख्या र रकम परिचालनका आधारमा चिलिमे जलविद्युत् अग्रस्थानमा र≈या े । चिलिमके ा े ४ सय ९४ पटक भएको कारोबारबाट रू. ६५ लाख २२ हजारभन्दा बढी रकमको कारोबार भयो । नेशनल हाइड्रोपावर कम्पनीको ३५ हजारभन्दा धेरै शेयर म्याचिङ कारोबार भएपछि शेयर सङ्ख्याका आधारमा अग्रस्थानमा र≈यो । बिहीवार प्रोफेशनल विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ७३ प्रतिशतले घट्यो भने मालिका विकास बङै क् का े शये रमल्ू य सबभै न्दा धरे ै ९ दशमलव ३५ प्रतिशतले बढ्यो ।