नेप्से ३ सय १३ मा स्थिर
उक्त कम्पनीको प्रतिशेयर मूल्य रू. ८ सय १४ मा १७ हजार ८ सय ७० कित्ता शेयर किनबेच भए । कारोबार भएकामध्ये २२ कम्पनीको शेयरमूल्य बढ्यो भने ३२ कम्पनीको घट्यो ।
सामे वार नेप्से परिसूचक शून्य दशमलव २२ अङ्क घटे पनि ३ सय १३ मै स्थिर र≈यो । आइतवारको तुलनामा सोमवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन बढे भने कम्पनी सङ्ख्या घटे । सोमवार बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, वित्त कम्पनी र बीमा गरी पाँच समूहको कारोबार भए पनि जलविद्युत्बाहेक सबैको परिसूचक नकारात्मक र≈यो ।
नेप्से घटेपछि सोमवार सेन्सेटिभ र फ्लोट पनि घटे । सोमवार ६९ कम्पनीका २ हजार ३ सय ५९ कारोबारबाट २ लाख १५ हजार ६ सय ५६ कित्ता शेयर किनबेच भए । सो किनबेचबाट रू. ३ करोड ७७ लाखभन्दा धेरै परिचालन भएको छ । यो औसत रकमभन्दा धेरै हो ।
सोही दिन रू. २ खर्ब ८७ अर्ब बजार परिचालन भयो । सोमवार चिलिमे हाइड्रोपावर कम्पनीको रू. १ करोड ४५ लाखभन्दा धेरैको शेयर कारोबार भएर सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको अग्र स्थानमा र≈यो । उक्त कम्पनीको प्रतिशेयर मूल्य रू. ८ सय १४ मा १७ हजार ८ सय ७० कित्ता शेयर किनबेच भए । कारोबार भएकामध्ये २२ कम्पनीको शेयरमूल्य बढ्यो भने ३२ कम्पनीको घट्यो ।
सोमवार जलविद्युत् समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत बढ्यो । चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. १ बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । सोमवार बैङ्किङ समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव २१ प्रतिशत घटे ।
यसैगरी वित्त कम्पनी र बीमा समूहको परिसूचक क्रमशः शून्य दशमलव १ र शून्य दशमलव ३४ प्रतिशत घटे ।