शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय १३ मा स्थिर


केही दिनदेखि नेप्से परिसूचकमा समान्य उतारचढाव देखिएको छ । यो साता आइतवारदेखि नै नेप्से परिसूचक १ अङ्कभन्दा पनि कमले घटबढ भई ३ सय १३ बिन्दुमा स्थिर भएर रहेको छ । बुधवार नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशतले घटेर ३ सय १३ दशमलव शून्य ८ मा आइपुगेको छ । सो दिन कारोबार रकम भने बढेर ३ करोडभन्दा धेरै भएको छ । चिलिमे जलविद्युत् कम्पनीको शेयर विक्री बढेपछि रकम परिचालन बढेको हो ।


कम्पनीको मात्रै रू. १ करोड ७० लाखभन्दा धेरै रकमको कारोबार भएको छ । बुधवार कारोबारमा आएका सात समूहमध्ये बीमा, जलविद्युत् र होटल समूहको परिसूचक बढे पनि नेप्से वृद्धिमा सहयोग पुग्न सकेन । यी समूहका परिसूचक क्रमशः १ दशमलव शून्य २, शून्य दशमलव २४ र शून्य दशमलव शून्य ५ ले बढे । शिखर, नेशनल लाइफ, एशियन लाइफ, लुम्बिनी जनरललगायत बीमा कम्पनीका शेयर मूल्य बढे । जलविद्युत् समूहका अरुणभ्याली र चिलिमेका शेयरमूल्य बढेका छन् । ओरियण्टल होटलको शेयरमूल्य घटे पनि तारागाउँ रिजेन्सीको शेयरमूल्य बढेपछि यो समूहको परिसूचक बढेको हो । बैङ्किङ, वित्त कम्पनी र विकास बैङ्क समूहका परिसूचक भने घटेका छन् ।


यी समूहका परिसूचक क्रमशः शून्य दशमलव ४४, शून्य दशमलव २६ र शून्य दशमलव शून्य ६ ले घटे । बैङ्किङ समूहका सनराइज, लुम्बिनी, डीसीबीएल, कुमारीलगायत बैङ्कका शेयरमूल्य घटे । मूल्य घट्ने वित्त कम्पनीहरूमा आईएमई फाइनान्सको संस्थापक शये र, नपे ाल एक्सपसे्र , युिनक, जेनिथ फाइनान्सलगायत छन ् । कपार्रे टे , मुिक्तनाथ, कामना, पाथीभरा विकास बैङ्कका शेयरमूल्य घटे । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य स्थिर रहेपछि ‘अन्य’ समूहको परिसूचक स्थिर र≈यो । बुधवार कम्पनी, खरीद विक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढ्यो । सो दिन १ हजार ७ सय ७० कारोबारबाट ७९ कम्पनीका १ लाख ६ हजार ४ सय ४ कित्ता शेयर किनबेच भए । उक्त कारोबारबाट रू. २ खर्ब ८८ अबर्क ा े बजार पजूँ ीकरण भयो । कारोबारमा आएकामध्ये २४ कम्पनीको बढ्यो र ४० कम्पनीको शेयरमूल्य घट्यो भने बाँकीको स्थिर र≈यो ।


बुधवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबैका आधारमा चिलिमे जलविद्युत् कम्पनी अग्रस्थानमा र≈यो । चिलिमेको ७ सय ८९ पटक भएको कारोबारबाट २० हजार ४ सय ९० शेयर किनबेच भए । बुधवार आईएमई फाइनान्सको संस्थापक शेयरमूल्य सबैभन्दा धेरै १३ दशमलव ८२ प्रतिशतले सस्तियो भन े शिखर इन्स्यारन्े सको सबैभन्दा धेरै १० प्रतिशतले महँगो भयो । त्यसैगरी, बुधवार भाजुरत्न फाइनान्स एण्ड सेभिङ कम्पनीको १ लाख ७६ हजार ६ सय २ हकप्रद शेयर सूचीकृत भए ।