शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 26, 2012
  

नेप्से अझै ३ सय १७ मा


माघ ११, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव २५ अङ्क घट्यो । कारोबार भएकामध्ये जलविद्युत्बाहेक सबै समूहका परिसूचक घटेपछि नेप्से सिमान्त रूपमा नकारात्मक देखिएको हो ।


गत सोमवार २ दशमलव ३४ अङ्क घटेर ३ सय १७ दशमलव ८४ मा बन्द भएको नेप्से परिसूचक बुधवार पुनः घटेर ३ सय १७ दशमलव ५९ मा बन्द भयो । नेप्से घटेपछि सेन्सेटिभ र फ्लोट परिसूचक पनि ओरालो लागे ।


बुधवार १ हजार ४२ कारोबारबाट ७३ कम्पनीका ६० हजार २४ कित्ता शेयर किनबेच भए । उक्त किनबेचबाट रू. १ करोड ६ लाख परिचालन भयो भने रू. २ खर्ब ९५ अर्बको कुल बजार पूँजीकरण भयो ।


कुल रू. १४ लाख ६६ हजारबराबरको शेयर कारोबार भएर बैङ्क अफ काठमाण्डू सबैभन्दा धेरै कारोबार गर्ने समूहको अग्रस्थानमा रह्यो । सोही दिन कर्पोरेट डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव १८ प्रतिशत सस्तियो भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ४७ प्रतिशत महँगो भयो । बुधवार कारोबार भएकामध्ये २९ कम्पनीको शेयरमूल्य घट्यो, २८ को बढ्यो भने बाँकीको स्थिर रह्यो ।


बुधवार जलविद्युत् समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशत बढ्यो । अरुणभ्याली र चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमशः रू. ३ र २ ले बढेपछि जलविद्युत् समूहको परिसूचक सकारात्मक देखिएको हो ।


‘अन्य’ समूहको परिसूचक बुधवार सबैभन्दा धेरै शून्य दशमलव २३ प्रतिशत घट्यो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. १ घटेपछि बुधवार ‘अन्य’ समूहको परिसूचक नकारात्मक देखिएको हो । बुधवार बैङ्किङ र होटल समूहका परिसूचक क्रमशः शून्य दशमलव शून्य २ र शून्य दशमलव १९ प्रतिशत घटे ।


स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैङ्कको शेयरमूल्य रू. १५ र १२ तथा नबिल र लुम्बिनी बैङ्कको ५÷५ रुपैयाँ बढे पनि नेपाल एसबीआई र एनएमबी बैङ्कको शेयरमूल्य रू. २२ र ६ घटेपछि बैङ्किङ समूहको परिसूचक नकारात्मक देखिएको हो । त्यसैगरी, विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक क्रमशः शून्य दशमलव १४ प्रतिशत र बीमा समूहको परिसूचक शून्य दशमलव १४ प्रतिशत घटे ।