नेप्सेमा एकै दिन डबल बटम
माघ ८, काठमाडांै (अस) । आइतवार नेप्से परिसूचकमा डबल बटम देखिएको छ । करीब १ः१४ बजे पहिलो र पौने ३ बजेतिर दोस्रो बटम देखिएको हो । कारोरबारको अन्तिम समयतिर नेपाल टेलिकमले नेप्से केही बढे पनि अन्त्यमा बैङ्किङ र बीमा समूहको परिसूचक घटेपछि नेप्से फेरि घट्यो । आइतवार नेप्से परिसूचक शून्य दशमलव ३५ अङ्क घटेर ३ सय २० दशमलव १८ मा बन्द भयो ।
गतसाता सोमवारदेखि निरन्तर ओरालो लागको नेप्से परिसूचक बिहीवार शून्य दशमलव ६१ अङ्कले बढेर ३ सय २० दशमलव ५३ मा बन्द भएको थियो । आइतवार नेप्से घटेपछि सेन्सेटिभ र फ्लोट इण्डेक्स पनि घटे ।
आइतवार १ हजार ५ सय ८१ कारोबारबाट ८७ कम्पनीका १ लाख ५ हजार ५ सय ३२ कित्ता शेयर किनबेच भए । उक्त किनबेचबाट रू. २ करोड १ लाख परिचान भयो भने रू. २ खर्ब ९७ अर्ब बजार पजूँ ीकरण भया े । आइतवार रू. २४ लाख ४ हजारबरारबरको शेयर कारोबार भएर बैङ्क अफ काठमाण्डू सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको अग्रस्थानमा र≈यो । आइतवार प्रभु फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १३ दशमलव ६४ प्रतिशत सस्तियो भने मालिका विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव २६ प्रतिशत महँगो भयो ।
नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ६ बढेपछि आइतवार ‘अन्य’ समूहको नेप्से परिसूचक सबैभन्दा धेरै १ दशमलव ३७ प्रतिशत बढ्यो । यसैगरी विकास बैङ्क र वित्त कम्पनी समूहको पसिूचक क्रमशः शून्य दशमलव शून्य १ प्रतिशत र शून्य दशमलव १३ प्रतिशत बढ्यो । आइतवार जलविद्युत् र बीमा समूहको परिसूचक क्रमशः शून्य दशमलव ११ प्रतिशत र शून्य दशमलव ३४ प्रतिशत घट्यो ।
सो दिन बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत घट्यो । आइतवार हिमालयन बैङ्कको शेयरमूल्य रू. १५ बढे पनि नबिल र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयर मूल्य क्रमशः रू. ४६ र रू. १० घटे ।
एनएमबी, लुम्बिनी, कुमारी, ग्लोबललगायत बैङ्कले पनि नबिल र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कलाई नै पछ्याएपछि बैङ्किङ समूहको परिसूचक आइतवार सबैभन्दा धेरै अङ्कले घटेको हो ।