शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से अझै ३ सय १२ को परीक्षणमा


आईएमई फाइनान्सियल इन्ष्टिच्युशनको ३ लाख ६० हजार संस्थापक शेयर किनबेच भएपछि कारोबार रकम बढेको हो ।


पसु ११, काठमाडा ंै । सामे वार आईएमई, चिलिमे, एनबी बैङ्क र नेशनल हाइड्रोको कारोबार रकम बढेपछि समग्र कारोबार बढेको छ । उक्त दिन चिलिमेको ४८ हजार १०, आईएमईको ३ लाख ६० हजार र नेशनल हाइड्रोपवार कम्पनीको ३१ हजार ५ सय कित्ता शेयर किनबेच भए । सोमवार नेप्से परिसूचक शून्य दशमलव १४ प्रतिशतले घटेर ३ सय १२ दशमलव ४९ बिन्दुमा आइपुगेको छ । ३ सय १३ बिन्दुआसपास रहेर घटबढ भइरहेको परिसूचकले अहिलेसम्म ३ सय १२ को टेवा तोड्न सकेको छैन । सोमवार कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आईएमई फाइनान्सियल इन्ष्टिच्युशनको ३ लाख ६० हजार संस्थापक शेयर किनबेच भएपछि कारोबार रकम बढेको हो । सो शेयर संस्थापक थिलेन्द्र पौड्यालले विक्री गरेको र उत्तमकुमार नेपालले खरीद गरेको बुझिएको छ ।


सो शेयर विक्रीअघि पौड्यालको स्वामित्वमा सो कम्पनीको १४ दशमलव ५ प्रतिशत शेयर रहेको कम्पनीस्रोतले बताएको छ । सोमवार कारोबार रकम बढेर रू. १३ करोड १८ लाखभन्दा धेरै भएको छ । धेरै रकमको कारोबार भएको आधारमा चिलिमे जलविद्युत् दोस्रो कम्पनी भएको छ । कम्पनीको रू. ३ करोड ९३ लाख रकमको कारोबार भएको छ । सोमवार कारोबारमा आएका पाँच समूहमध्ये बीमा, वित्त कम्पनी, जलविद्युत् र विकास बैङ्कका परिसूचक बढे पनि बैङ्किङ समूहको परिसूचक घटेपछि नेप्से बढ्न सकेन ।


यी समूहका परिसूचक क्रमशः शून्य दशमलव ८६, शून्य दशमलव २९, शून्य दशमलव २७ र शून्य दशमलव शून्य ३ प्रतिशतले बढे । बैङ्किङ समूहका कृषि विकास, सनराइज, एभरेष्ट, हिमालयन, ग्लोबल, नेपाल इण्डष्ट्रियललगायत बैङ्कका शेयरमूल्य घटेका छन् । जलविद्युत् समूहको चिलिमे जलविद्युत् र अरुणभ्यालीको शेयरमूल्य बढेको छ । शिखर इन्स्योरेन्स, नेशनल लाइफलगायतका बीमा कम्पनीका शेयरमूल्य बढे । वित्त कम्पनीहरूमा फेवा, आईएमई, जेनिथ, एभरेष्टलगायतका शेयरमूल्य बढके ा छन ् ।


मल्ू य बढन् े विकास बैङ्कहरूमा नीलगिरि, विराटलक्ष्मी, सुभेच्छा, अरनिकोलगायत विकास बैङ्क रहेका छन् । सोमवार कम्पनी सङख्् या, शये र सङख्् या, काराबे ार सङ्ख्या र रकम परिचालन सबै बढेका छन् । सोमवार २ हजार ५ सय ६४ कारोबारबाट ७५ कम्पनीका ५ लाख २० हजार २ सय ३८ कित्ता शेयर किनबेच भए । यसबाट रू. २ खर्ब ८८ अर्ब बजार पजूँ ीकरण भयो । सो दिन २९ कम्पनीको शेयरमूल्य बढ्यो, ३३ कम्पनीको घट्यो भने बाँकीको स्थिर र≈यो ।


सोमवार शेयर सङ्ख्या र रकम परिचालनका आधारमा आईएमई फाइनान्सियल इन्ष्टिच्युशनको संस्थागत शेयर अग्रस्थानमा र≈यो । कारोबार सङ्ख्याका आधारमा १ हजार ७ सय ५८ पटक शेयर किनबेच भएको चिलिमे जलविद्युत् अग्रस्थानमा र≈यो । सोमवार नेरुढे लघुवित्त विकास बैङ्कको शेयर सबैभन्दा धेरै २५ दशमलव ७८ प्रतिशतले घट्यो भने शिखर इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ७ दशमलव ४१ प्रतिशतले बढ्यो ।