नेप्से घट्यो, रकम परिचालन बढ्यो
माघ १२, काठमाडांै (अस) । बिहीवार नेप्से परिसूचक करीब १ अङ्कले घट्यो भने रकम परिचालन तीन गुणाले बढ्यो । सो दिन नेपाल एसबीआई बैङ्कको ६५ हजार कित्ता शेयर म्याचिङ भएपछि रकम परिचालन बढेको हो । बैङ्कको शेयर ब्रोकर नम्बर १३ मार्फत म्याचिङ भएको थियो ।
ती शेयर प्रज्ज्वलमान श्रेष्ठले विक्री गरी बालकृष्ण श्रेष्ठले खरीद गरेको बुझिएको छ । बैङ्कको शेयरमूल्य रू. १८ ले घटेर किनबेच भयो भने शेयर विक्रीबाट मात्रै रू. २ करोड ६३ लाखको व्यापार भएको छ । नेपाल एसबीआईसहित ३५ कम्पनीको शेयरमूल्य घटेपछि नेप्से बढ्न सकेन । बिहीवार रू. ४ करोड १७ लाखको कुल व्यापार भयो ।
व्यापारमा आएका सात समूहमध्ये बैङ्किङ, वित्त कम्पनी र जलविद्युत् समूहको परिसूचक घटेका छन् । यी समूहका परिसूचक क्रमशः शून्य दशमलव ६१, शून्य दशमलव १२ र शून्य दशमलव ११ ले घटे । लुम्बिनी, कृषि विकास, एनएमबी, नबिल, स्ट्याण्डर्ड चार्टर्डलगायत बैङ्कहरूका शेयरमूल्य घट्यो । युनियन, पिपल्स, हिमालयन, भ्याली, जानकीलगायत फाइनान्सहरूका शेयरमूल्य पनि घट्यो ।
साथै, जलविद्युत् समूहका नेशनल हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरमूल्य घट्यो । होटल, बीमा र विकास बैङ्क समूहका परिसूचक भने बढेका छन् । यी समूहका परिसूचक क्रमशः शून्य दशमलव १८, शून्य दशमलव १६ र शून्य दशमलव शून्य १ ले बढ्यो । ‘अन्य’ समूहको परिसूचक भने स्थिर र≈यो ।
बिहीवार कम्पनी सङ्ख्या, व्यापार सङ्ख्या, शेयर सङ्ख्या सबै बढ्यो । बिहीवार १ हजार ३ सय २६ पटक भएको किनबेचबाट ८४ कम्पनीका १ लाख ४३ हजार ११ शेयर खरीदविक्री भयो । यसबाट रू. २ खर्ब ९४ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार ३० कम्पनीको शेयरमूल्य बढ्यो भने १९ कम्पनीको स्थिर र≈यो । बिहीवार नेपाल एसबीआई बैङ्क शेयर सङ्ख्या र व्यापार रकमको आधारमा अग्रस्थानमा र≈यो । व्यापार सङ्ख्याको आधारमा ८० शेयर किनबेच भएको गुराँस लाइफ इन्स्योरेन्स अग्रस्थानमा र≈यो । त्यसैगरी, बिहीवार सिटी डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ५६ प्रतिशतले बढ्यो भने गरिमा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ७४ प्रतिशतले घट्यो ।
(माघ १२ को शेयर बजार तथ्याङ्क र साप्ताहिक शेयर विश्लेषण शनिवारको अङ्कमा हेर्नु होला ।)