बैङ्किङ र ‘अन्य’ समूहको दबाबमा नेप्से
यो साताको पहिलो दिन ३ सय २० दशमलव १८ बाट कारोबार शुरू भएको नेप्से परिसूचक साताको अन्तिम दिन ३ सय १६ दशमलव ६७ मा आएर बन्द भएको छ । सरोकारवाला निकायबाट शेयर बजार सुधारका प्रयास भइरहे पनि त्यसको प्रभाव सकारात्मक हुन सकेको छैन । नेप्सेलाई बढी प्रभाव पार्ने बैङ्किङ, ‘अन्य’ र जलविद्युत् समूहमा सूचीकृत कम्पनीहरूको शेयरमूल्य ओरालो लागेपछि नेप्सेमा दबाब परेको देखिन्छ ।

यो साता नेपाल स्टक एक्सचेञ्जमा चार दिन मात्र कारोबार भयो । कारोबार हुने कम्पनीहरूको सङ्ख्यामा वृद्धि भए पनि शेयर सङ्ख्या र कारोबार सङ्ख्यामा भने कमी आयो । बुधवारको उपत्यका बन्दको प्रभाव शेयर बजारमा पनि देखियो । उक्त दिन १ हजार ४२ कारोबारबाट ७३ कम्पनीका ६० हजार ३४ कित्ता शेयर खरीदविक्री भयो ।
बैङ्किङ समूहको परिसूचक यो साताभरि नै घट्दो अवस्थामा र≈यो भने जलविद्युत् समूह साताको दुई दिन केही सुधार भयो । त्यसैगरी ‘अन्य’ समूहको परिसूचक साताको पहिलो दिन ७ दशमलव शून्य ५ अङ्कले बढे पनि बाँकी दिन ओरालो लाग्यो ।
यो साता नेप्से परिसूचक ३ दशमलव ५१ अङ्क घटेर ३ सय १६ दशमलव ६७ मा बन्द भएको छ । यस साताभरि कुल ५ हजार ५ सय १८ कारोबारबाट ३ लाख ९२ हजार ७ सय १२ कित्ता शेयर खरीदविक्रीबाट रू. ९ करोड १८ लाख ६२ हजार ९ सय ५१ रकम परिचालन भयो । साताको शुरू र अन्तिम दिन अन्य दिनको तुलनामा बढी कित्ता शेयर खरीदविक्री भए ।
साताभरिमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकोशेयरमूल्य सबैभन्दा धेरै बढ्यो भने कर्पोरेट डेभलपमेण्ट बैङ्कको शेयर सबैभन्दा धेरै घट्यो । सबैभन्दा बढी रकमको शेयर र बढी कित्ता शेयर किनबेच हुने कम्पनीमा नेपाल एसबीआई बैङ्क प¥यो ।
केन्द्रीय निक्षेप प्रणाली सञ्चालन गर्न निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेण्ट) नियुक्ति गर्ने र शेयर प्रमाणपत्रको अभौतिकीकरण गर्ने कार्य अगाडि बढिसकेको छ । त्यसका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ यही माघ १ देखि लागू भइसकेको छ । लामो समयदेखि अवरुद्ध भएको यो कार्यले विस्तारै गति लिइरहेकाले नेपालको पूँजी बजार विकास तथा विस्तारमा यसको ठूलो योगदान हुने सम्भावना बढेर गएको छ ।
यो साताभरिको कारोबारमा वाणिज्य बैङ्क समूहको परिसूचक ३ दशमलव ८१ अङ्कले घटेर २ सय ६० दशमलव ४६ मा बन्द भयो भने विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ८८ अङ्कले घट्यो । त्यसैगरी, वित्त कम्पनी, बीमा र ‘अन्य’ समूहको परिसूचक क्रमशः शून्य दशमलव ८, १ दशमलव ४७ र ९ दशमलव ४ अङ्कले घट्यो । जलविद्युत् र होटल समूहका परिसूचकमा भने क्रमशः २ दशमलव ५ र ४ दशमलव शून्य ७ अङ्कले सुधार भयो भने उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक स्थिर र≈यो । साताभरिको कारोबार रकमलाई क्षेत्रगत आधारमा बाँडफाँट गर्दा वाणिज्य बैङ्क समूहले सबैभन्दा धेरै ६४ दशमलव ५३ प्रतिशत हिस्सा ओगट्यो ।
त्यसैगरी जलविद्युत्ले ६ दशमलव ५२, विकास बैङ्कले १३ दशमलव ४७, वित्त कम्पनीले ७ दशमलव ४९, बीमाले ४ दशमलव ८५, ‘अन्य’ समूहले १ दशमलव ७५ र होटल र उत्पादन तथा प्रशोधन समूहले शून्य दशमलव शून्य ८ प्रतिशत हिस्सा ओगटे भने व्यापार समूहले १ दशमलव ३ प्रतिशत हिस्सा लिए ।
साताभरिमा कुल १ सय १६ कम्पनीको कारोबार भएकोमा ३६ कम्पनीको शेयरमूल्य बढ्यो,४४ कम्पनीको घट्यो भने ३६ कम्पनीको स्थिर र≈यो । साप्ताहिक शेयर विश्लेषण ज्याम् टेक्नोजोलीज प्रालि (नेपाल शेयरमार्केट डटकम)द्वारा प्रस्तुत गरिएको हो ।