शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेले ३ सय १२ मा टेवा पायो


पुस १४, काठमाडौं । यो साता नेप्से परिसूचकले ३ सय १२ को तहमा टेवा पाएको छ । साताको पहिलो दिन ३ सय १२ दशमलव ४९ बाट शुरू भएको नेप्से अन्तिम दिन ३ सय १६ मा पुग्यो । विगत २ सातादेखि ३ सय १३ को हाराहारीमा चलिरहेको नेप्सेले यस साता टेवा पाएपछि बढ्न शुरू गरेको हो । केही दिनयता अधिकांश वित्त कम्पनी, विकास बैङ्क र जलविद्युत् कम्पनीको साधारणसभाका कारण शेयरधनी दर्तापुस्तिका बन्द भएकाले नेप्सेको वृद्धि केही सुस्त देखिएको छ ।


बढ्ने क्रमले केही दिन निरन्तरता पाएमा नेप्से केही दिनमा नै ३ सय २५ सम्म पुग्न जानकारहरूको अनुमान छ । साताको अन्तिम दिन बैङ्किङ, जलविद्युत् र बीमासमूहका परिसूचकमा आएको सुधारका कारण नेप्से १ दशमलव ८३ अङ्क बढेको छ । मङ्गलवार र बुधवार सकारात्मक अवस्थामा रहेको ‘अन्य’ समूहको परिसूचक अन्तिम दिन भने १ दशमलव ७१ अङ्क घट्यो । फलस्वरूप, साताभरिमा नेप्से परिसूचक ३ दशमलव ५१ अङ्कले बढेर ३ सय १६ मा बन्द भएको छ ।


सो अवधिमा कुल रू. २० करोड ३० लाख ५२ हजारभन्दा धेरैको कारोबार भयो । सो रकम गत साताको तुलनामा १९ दशमलव शून्य ४ प्रतिशत बढी हो । यो साता ७ हजार २ सय ५० कारोबारबाट १ सय ७ कम्पनीका ९ लाख ४ हजार ५ सय ८४ कित्ता शेयर खरीदविक्री भए । तीमध्ये ४३ कम्पनीको शेयरमूल्य बढ्यो, ३५ कम्पनीको मूल्य घट्यो भने २९ कम्पनीको मूल्य स्थिर र≈यो ।

यो साताभरिमा बैङ्किङ समूहको परिसूचक ४ दशमलव शून्य ६ अङ्कले सुधार भयो भने वित्त कम्पनी, होटल, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहका परिसूचक क्रमशः शून्य दशमलव २४, १ दशमलव ७, ५ दशमलव ९७ र २ दशमलव ३५ अङ्कले बढे । तर, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ३५ अङ्कले घट्यो भने जलविद्युत् र बीमा समूहका परिसूचक क्रमशः २९ दशमलव शून्य १ र १ दशमलव २३ अङ्कले घटे । साताभरिको कारोबार रकमलाई क्षेत्रगत आधारमा बाँडफाँट गर्दा बोण्ड तथा डिबेञ्चरले सबैभन्दा धेरै ३३ दशमलव ८८ प्रतिशत हिस्सा ओगटे ।


त्यसैगरी वाणिज्य बैङ्क समूहले २३ दशमलव ८२ प्रतिशत, जलविद्युत् समूहले २१ दशमलव शून्य ३ प्रतिशत हिस्सा ओगटे भने विकास बैङ्क र वित्त कम्पनी समूहले १० दशमलव शून्य २ र ५ दशमलव ९२ प्रतिशत भाग लिए । त्यसैगरी, बीमा समूहले १ दशमलव ८० र ‘अन्य’ समूहले शून्य दशमलव ४१ प्रतिशत लिए भने उत्पादन तथा प्रशोधन र होटल समूहले शून्य दशमलव शून्य ९ र शून्य दशमलव शून्य २ प्रतिशत हिस्सा लिए । साप्ताहिक शेयर विश्लेषण (नेपाल शेयरमार्केट डटकम)द्वारा प्रस्तुत गरिएको हो ।