नेप्सेमा करेक्सन
पसु १९, काठमाडा ंै(अस) । सोमवार उच्च अङ्कले बढेको नेप्से परिसूचकमा मङ्गलवार करेक्सन भएको छ । गत साता र यस साताको शुरूमा शेयर किनेका अधिकांश लगानीकर्ताले मङ्गलवार नाफा सुरक्षित (प्रोफिट बुकिङ) गर्न थालेपछि विक्री चाप बढ्न गई शेयर मूल्य घट्न थालेको हो । मङ्गलवार एभरेष्ट, सनराइज, नबिल तथा कुमारी बैङ्क, आईएमई, एनआईडीसी क्यापिटल माकर्टे , राये ल मचणर््े ट एण्ड फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले नाफा सुरक्षित गर्न खोजेको देखिएको छ ।
यीमध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटे पनि आइतवारको भन्दा माथि नै छ । साथै, आइतवारको तुलनामा शेयरको आयतन तथा रकम परिचालन पनि बढी नै छ । यसले आगामी दिनमा नेप्से परिसूचक पुनः बढ्न सक्ने अनुमान जानकारको छ ।
गत बिहीवारयताको नेप्से परिसूचकको शुरू उच्च, न्यून र बन्द अङ्कका आधारमा बनेको मैनबत्ती चित्रले मङ्गलवार ‘डोजी स्टार’ बनाएको छ । यस्तो आकृतिले परिसूचक वृद्धिलाई लिएर लगानीकर्ताको आत्मविश्वास घट्न थालेको सङ्केत गर्ने मैनबत्ती चार्ट विश्लेषकहरू मान्दछन् ।
तर, डोजी स्टारलाई प्रवृत्ति परिवर्तनको भरपर्दाे आधार भने मानिँदैन । यदि बुधवारको व्यापार मङ्गलवारको बन्द बिन्दुभन्दा तलबाट शुरू भएमा भने प्रवृत्ति परिवर्तनको बलियो सङ्केत हुने वा परिसूचक घट्न सक्ने उनीहरू बताउँछन् । यस विश्लेषणमा प्रयोग गरिएको तथ्याङ्क नेप्सेले प्रदान गरेको हो, जसमा शुरू बिन्दु भनेर अघिल्लो दिनको बन्द बिन्दुलाई लिइएको छ ।
मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले घटेर ३ सय २४ दशमलव १५ मा आइपुगेको छ । व्यापार शुरू भएदेखि नै बढ्न थालेको नेप्से सवा २ बजेपछि घट्न थालेको हो । वाणिज्य बैङ्कहरूको शेयरमूल्य बढ्ने क्रम रोकिएसँगै सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमको मूल्य पनि घटेकाले नेप्से ओरालो लागेको हो । व्यापारको अन्तिम समयमा भने परिसूचक बढ्न खोजेको छ ।
अन्तिम समयमा रू. ४ सय ३० सम्म घटेको नेपाल टेलिकमको शेयर रू. ४ सय ३५ मा कारोबार भएपछि र नेपाल बङ्गलादेशलगायतका बैङ्कको शेयरमूल्य पनि फर्किएपछि परिसूचक बढ्न खोजेको हो । सो दिन व्यापारमा आएका ७ समूहमध्ये बीमा र बैङ्किङ समूहका परिसूचकमात्र बढेका छन् । यी समूहका परिसूचक शून्य दशमलव १५ र शून्य दशमलव १ ले बढे ।
सिद्धार्थ, लक्ष्मी, ग्लोबल, नेपाल एसबीआई, प्राइम, हिमालयनलगायतका बैङ्कको शेयरमूल्य बढ्यो । सूर्यालाइफ, एशियन लाइफ, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्सलगायतका बीमा कम्पनीको पनि शेयरमूल्य बढ्यो । ‘अन्य’ उत्पादन तथा प्रशोधन, विकास बैङ्क, जलविद्युत् र वित्त कम्पनी समूहको परिसूचक भने घट्यो । यी समूहका परिसूचक क्रमशः १ दशमलव १५, शून्य दशमलव ९६, शून्य दशमलव १९, शून्य दशमलव १६ र शून्य दशमलव १२ ले घट्यो । होटल समूहको परिसूचक भने स्थिर र≈यो ।
मङ्गलवार कम्पनी, व्यापार र शेयर सङ्ख्या रकम परिचालन सबै बढे पनि कुल बजार पूँजीकरण भने बढ्न सकेन । सो दिन १ हजार २ सय ८८ पटक भएको व्यापारबाट ७९ कम्पनीका १ लाख ४ हजारभन्दा धेरै कित्ता शेयर किनबेच भयो । यसबाट रू. २ करोड ८४ लाखभन्दा धेरै रकम परिचालन भयो भने ३ खर्बको कुल बजार पूँजीकरण भयो । ३९ कम्पनीको शेयरमूल्य घट्यो, २७ को बढ्यो भने बाँकीको स्थिर र≈यो ।
यस दिन व्यापार सङ्ख्याका आधारमा कन्काई विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा डीसीबीएल बैङ्क अग्रस्थानमा रहे । कन्काईको १ सय ९ पटक शेयर किनबेच भयो भने डीसीबीएलका ११ हजार ७ सय ७८ कित्ता शेयर किनबेच भयो । रू. ४३ लाख ८४ हजारभन्दा धेरै रकमको व्यापार भएको बैङ्क अफ काठमाण्डू रकमका आधारमा अग्रस्थानमा र≈यो । आइएमई फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १४ दशमलव १६ प्रतिशतले घट्यो भने अल्पाइन डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ७ दशमलव शून्य ७ प्रतिशतले बढ्यो ।