नेप्से अझै ३ सय १६ मा
माघ १९, काठमाडौं । एक सातापछि बुधवार बढेको नेप्से परिसूचक बिहीवार भने लगभग स्थिर बन्यो । कारोबार शुरू भएको केही समयदेखि नै घटेको परिसूचक अन्तिम समयमा भने बढ्ने प्रयासमा र≈यो । नेपाल टेलिकमको शेयरमूल्य बढ्न थालेपछि नेप्से बढ्न लागेको थियो ।
शुरूमा रू. ४ सय ३५ बाट किनबेच शुरू भएको टेलिकमको शेयर रू. ४ सय ३१ सम्म घटेर पुनः रू ४ सय ३८ मा आइपुगेको छ । टेलिकमसँगै अधिकांश कम्पनीको शेयरमूल्य घटेकाले नेप्से परिसूचकले अघिल्लो दिनको बन्द बिन्दु पार गर्न सकेन । नेप्से परिसूचक केही दिनदेखि ३ सय १६ को हाराहारीमा नै रहेको छ । बिहीवार नेप्से परिसूचक शून्य दशमलव १ प्रतिशतले घटेर ३ सय १६ दशमलव ४३ मा बन्द भयो ।
बिहीवार व्यापारमा आएका सबै ६ समूहका घटे । जलविद्युत् समूहको अरुणभ्यालीको शेयरमूल्य स्थिर रहे पनि चिलिमेको शेयर रू. ३ घट्यो ।
मूल्य घट्ने वित्त कम्पनीहरूमा हिमालयन फाइनान्स, नवदुर्गा फाइनान्स, प्रभु फाइनान्स, जेनिथ, आईसीएफसीलगायत रहे । रारा, अल्पाइन, गरिमा, तिनाउ, पाथीभरा, कर्पाेरेटलगायत विकास बैङ्कको शेयरमूल्य घट्यो । कुमारी, किष्ट, डिसिबिएल, प्राइम, एभरेष्टलगायत बैङ्कको शेयरमूल्य भने बढ्यो । त्यसैगरी, प्राइम लाइफ, नेशनल लाइफ, लुम्बिनी जनरललगायत बीमा कम्पनीको शेयरमूल्य पनि घट्यो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको केही समय व्यापार भए पनि पछि बीमा समितिको निर्देशन पालना नगरेको आधारमा नेप्सेले सो कम्पनीको व्यापारमा रोक लगाएको छ । नगद लाभांश वितरणको विषयमा बीमा समितिले कम्पनीको सम्पूर्ण कार्य रोक्न निर्देशन गरेपछि नेपाल धितोपत्र बोर्डले समेत नेप्सेलाई सो कम्पनीको कारोबार रोक्न निर्देशन दिएको हो ।
बिहीवार शेयर किनबेच भएका कम्पनी सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन पनि घटेको छ । सो दिन १ हजार ४ सय ५१ पटक भएको व्यापारबाट ८४ कम्पनीका ७९ हजार ४ सय ४५ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ७३ लाख २६ हजार रकम परिचालन भयो भने रू. २ खर्ब ९४ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार ३७ कम्पनीको शेयर मूल्य घट्यो, २८ को बढ्यो भने बाँकीको स्थिर र≈यो । बिहीवार व्यापार सङ्ख्याका आधारमा प्रोफेशनल विकास बैङ्क अग्रस्थानमा र≈यो भने शेयर सङ्ख्याका आधारमा कुमारी बैङ्क अग्रस्थानमा देखियो ।
प्रोफशनलको शेयर १ सय ३५ पटक किनबेच भयो भने कुमारीका ६ हजार ५ सय ९० कित्ता शेयर खरीदविक्री भए । रकम परिचालनका आधारमा रू. २ ९ लाख ६७ हजारको व्यापार भएको चिलिमे जलविद्युत् कम्पनी अग्रस्थानमा र≈यो । रारा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव २२ प्रतिशतले घट्यो भने शिखर इन्स्योरेन्सको शेयरमूल्य ६ दशमलव ६४ प्रतिशतले बढ्यो ।