शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 05, 2012
  

नेप्से ५ भन्दा धेरै अङ्कले घट्यो


पुस २०, काठमाडौं । बुधवार नेप्से परिसूचक ५ अङ्कभन्दा धेरैले घटेको छ । होटल र उत्पादन तथा प्रशोधनमूलक समूहका परिसूचकबाहेक अन्य सबै समूहका परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो ।


पुस ११ गते ३ सय १२ को टेवा पाएर बढेको परिसूचक ३ सय २४ दशमलव ३८ सम्म पुगेर मङ्गलवार र बुधवार घटेको हो । घट्ने क्रममा परिसूचकले ५४ प्रतिशत रिटे«स गरिसकेको छ । विश्लेषकहरू ६६ प्रतिशत रिट्रेसमेण्ट भएमा परिसूचक थप ओरालो लाग्ने मान्छन् । त्यसैले, नेप्से बढ्ने सम्भावना अझै बाँकी नै रहेको छ । नेप्से परिसूचक बुधवार १ दशमलव ५९ प्रतिशतले घटेर ३ सय १८ दशमलव ९९ बिन्दुमा आइपुगेको छ ।


बुधवार एभरेष्ट बैङ्कको रू १ करोड २४ लाखभन्दा धेरै शेयर किनबेच भएका छन् । त्यसमध्ये अधिकांश शेयर निर्मल प्रधानले विक्री गरेको बुझिएको छ । यस सम्बन्धमा प्रधानसँग बुझ्दा केही शेयर आफूले विक्री गरेको भए पनि सबै शेयर भने विक्री नगरेको बताएका छन् । बुधवार क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कको २५ हजार संस्थापक शेयर पनि किनबेच भए । ती शेयर ब्रोकर नम्बर ६ र १४ मार्फत किनबेच भएका हुन् ।


सो दिन व्यापारमा आएका आठ समूहमध्ये बैङ्किङ, बीमा, ‘अन्य’, विकास बैङ्क, वित्त कम्पनी र जलविद्युत् समूहका परिसूचक घटेका छन् । यी समूहका परिसूचक क्रमशः २ दशमलव १४, २ दशमलव १३, शून्य दशमलव ९२, शून्य दशमलव ६४, शून्य दशमलव १६ र शून्य दशमलव ११ ले घटे । एनसीसी, नेपाल बङ्गलादेश, लुम्बिनी, प्राइम, सिटिजन्स, डीसीबीएललगायत २० वाणिज्य बैङ्कहरूको शेयरमूल्य घट्यो । नेपाल लाइफ, लाइफ, एशियन लाइफलगायत बीमा कम्पनीको शेयरमूल्य पनि घट्यो । ‘अन्य’ समूहको नेपाल टेलिकमको शेयरमूल्य रू. १० ले घटेको छ ।


मूल्य घट्ने विकास बैङ्कहरूमा त्रिवेणी, पाथीभरा, विश्व विकास, क्लिन इनर्जी, वेष्टर्नलगायत रहेका छन् । वित्त कम्पनीहरूमा रिलायबल, रोयल मर्चेण्ट, अपि, लुम्बिनीलगायतको शेयरमूल्य घटेको छ । बुटवल पावर र चिलिमेको शेयरमूल्य बढे पनि अरुणभ्याली र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेको छ ।


होटल र उत्पादन तथा प्रशोधनमूलक समूहका परिसूचक क्रमशः शून्य दशमलव २८ र शून्य दशमलव ९७ अङ्कले बढे । ओरियण्टल होटलको शेयरमूल्य रू. ३ ले र युनिलिभरको शेयरमूल्य रू. १ सय २३ ले बढ्यो । बुधवार व्यापार सङ्ख्या, रकम परिचालन बढे पनि कम्पनी सङ्ख्या, शेयर सङ्ख्या र बजार पूँजीकरण भने घटेको छ । सो दिन १ हजार १६ पटक भएको व्यापारबाट ७५ कम्पनीका १ लाख ६ हजारभन्दा धेरै शेयर किनबेच भए । यसबाट रू. ३ करोड ७ लाखभन्दा धेरै रकम परिचालन भयो भने रू. ३ खर्बको बजार पूँजीकरण भयो । ५४ कम्पनीको शेयरमूल्य घट्यो, १३ कम्पनीको बढ्यो भने बाँकीको स्थिर रहयो ।