शेयर बजार सुधारोन्मुख
यस साता ३ सय १८ दशमलव ७४ बाट कारोबार शुरू भएको नेप्से ३ सय १९ दशमलव ५६ मा बन्द भएको छ । अर्थमन्त्री, सेबोन अध्यक्ष तथा अन्य सरकारी निकायहरूले शेयर बजार सुधार्न विशेष योजना ल्याउने बताएपछि बजार उकालो लागेको हो । साताको अन्तिम दिन अरू सबै समूह घटे पनि ‘अन्य’ समूहको परिसूचक ११ दशमलव ७५ अङ्कले बढेपछि नेप्से शून्य दशमलव ५७ अङ्कले उकालो लाग्यो ।
सो दिन बजार बन्द हुने समयतिर परिसूचक सकारात्मक अवस्थातिर उन्मुख देखियो । समग्रमा यो साता शेयर बजार करीब शून्य दशमलव ८२ अङ्कले बढ्यो । बजारप्रति सकारात्मक देखिएका अर्थमन्त्री, अर्थसचिव र धितोपत्र बोर्डका अध्यक्षले गत सोमवार नेपाल स्टक एक्सचेञ्जको निरीक्षण गरेका थिए । उक्त कार्यक्रममा अर्थमन्त्रीले शेयर बजार सुधारका लागि गृहकार्य भइरहेको जानकारी दिएका थिए ।
साथै, सर्वसाधारण जनताहरूलाई शेयर बजारमा लगानी गर्न विभिन्न जानकारीमूलक कर्यक्रम देशव्यापी रूपमा अगाडि बढाउने कुरा व्यक्त गरेका थिए । गत बुधवार धितोपत्र बोर्डले केन्द्रीय निक्षेप प्रणालीको विनियमावली २०६८ स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले आगामी दुई साताभित्र सीडीएस सञ्चालनमा आउने बताए ।
नेपालको शेयर बजारमा विगत लामो समयदेखि चर्चामा रहेको सीडीएस सञ्चालनमा आउने भएपछि लगानीकर्ताहरू केही आशावादी बनेका हुन् । आव २०६७÷०६८ का लागि दिने प्रतिफल घोषणा गरेर शेयर दर्ता पुस्तिकासमेत बन्द गरिसकेकाले अहिले लगानी गर्नेले ३–४ महीनाभित्रमा राम्रै प्रतिफल पाउने सम्भावना छ ।
यो साता नेप्से परिसूचक शून्य दशमलव ८२ अङ्कले सुधार भएर ३ सय १९ दशमलव ५६ मा कारोबार बन्द भएको छ । सो अवधिमा कुल रू. १२ करोड ५२ लाख २४ हजार ६ सय ६१ को कारोबार भयो, जुन अघिल्लो साताको भन्दा ३८ दशमलव ३२ प्रतिशत कम हो । साताभरमा ५ हजार ७ सय ८८ कारोबारबाट ४ लाख ८६ हजार २ सय ३३ कित्ता शेयर खरीदविक्री भए ।
शेयर कारोबार सङ्ख्यामा अघिल्लो साताको तुलनामा २० दशमलव १६ प्रतिशत कमी आयो भने शेयर सङ्ख्यामा ४६ दशमलव २७ प्रतिशतले कमी आयो । यो साताभरि सिद्धार्थ बैङ्कको शेयर सबैभन्दा धेरै बढ्यो भने विश्व विकास बैङ्ककोे शेयर सबैभन्दा धेरै घट्यो । सबैभन्दा बढी मूल्यको शेयर कारोबार हुनेमा एभरेष्ट बैङ्क देखियो भने बढी कित्ता शेयर किनबेच हुनेमा क्लिन इनर्जी डेभलपमेण्ट बैङ्ककोे संस्थापक शेयर प¥यो ।
यो साताभरिमा बैङ्किङ समूहको परिसूचक शून्य दशमलव शून्य ९ अङ्कले सुधार भर्ई २ सय ६६ दशमलव २२ मा बन्द भयो भने विकास बैङ्क, जलविद्युत्, वित्त कम्पनी, बीमा र उत्पादन तथा प्रशोधन समूहका परिसूचक क्रमशः १ दशमलव १८, ३ दशमलव ४३, शून्य दशमलव ९५, ४ दशमलव ७६ र शून्य दशमलव ११ अङ्कले कमी आयो ।
त्यसैगरी, होटल र ‘अन्य’ समूहमा क्रमशः शून्य दशमलव ७६ र ९ दशमलव ४ अङ्कले सुधार भयो भने व्यापार समूह स्थिर र≈यो । साताभरिको कारोबार रकमलाई क्षेत्रगत आधारमा बाँडफाँट गर्दा बैङ्किङ समूहले सबैभन्दा धेरै ६८ दशमलव ८२ प्रतिशत हिस्सा ओगट्यो भने जलविद्युत् समूहले ९ दशमलव ६३ र विकास बैङ्क समूहले ९ दशमलव १८ प्रतिशत हिस्सा आगटे ।
त्यसैगरी, वित्त कम्पनी समूहले ४ दशमलव ८५, बीमाले ४ दशमलव ५६, अन्य समूहले १ दशमलव ९९ र होटल समूहले शून्य दशमलव १२ प्रतिशत हिस्सा ओगट्यो भने उत्पादन तथा प्रशोधन र बोण्ड डिबेञ्चरले क्रमशः शून्य दशमलव ६० र शून्य दशमलव ४० प्रतिशत ओगटे । साताभरिमा १ सय १० कम्पनीको कारोबार भएकोमा ३३ को मूल्य बढ्यो, ३७ को शेयर घट्यो भने ४० कम्पनीको शेयर स्थिर र≈यो ।