नेपाल टेलिकमले बढायो नेप्से
नेशनल हाइड्रोपावर कम्पनीको ६ लाख कित्ता शेयर निर्मल प्रधान अध्यक्ष रहेको कम्पनी राजधानी इन्भेष्टमेण्ट फण्डले बेचेको र हुमागाईं मार्केट इन्भेष्टमेण्ट कम्पनीले किनेको बुझिएको छ ।
पसु २५, काठमाडा ंै । सामे वार नेपाल टेलिकमको शेयरमूल्यमा भएको वृद्धिसँगै नेप्से परिसूचक बढेको छ । सो दिन तीव्र उतारचढावमा देखिएको परिसूचक व्यापार शुरू भएको केही समयपछि नै चिलिमे तथा विभिन्न वाणिज्य बैङ्कहरूको मूल्य बढ्दा उकालो लागेको थियो ।
तर, वाणिज्य बैङ्कहरूमध्ये केहीको शेयरमूल्य घट्न थालेपछि नेप्से पुनः अघिल्लो दिनको बन्द बिन्दुभन्दा तल झ¥यो । करीब १ बजेतिर नेपाल टेलिकमको शेयरमूल्य बढेर व्यापार भएपछि नेप्से उकालो लाग्न थाल्यो । यसबीच बैङ्किङ समूहको परिसूचकमा पनि सुधार देखियो ।
तर, अन्तिम समयमा यो समूहका केही बैङ्कहरूको शेयरमूल्य घट्ने क्रम नरोकिएपछि परिसूचक ओरालो लाग्ने क्रममा बन्द भएको छ । व्यापार बन्द हदँु ा भन े नप्े स े परिसचू क शून्य दशमलव १५ प्रतिशतले बढेर ३ सय १७ दशमलव ५३ बिन्दुमा आइपुगेको छ ।
सोमवार नेशनल हाइड्रोपावर कम्पनीको ६ लाख कित्ता शेयर म्याचिङ भएपछि रकम परिचालन पनि बढेको छ । शेयर लगानीकर्ता निर्मल प्रधान अध्यक्ष रहेको कम्पनी राजधानी इन्भेष्टमेण्ट फण्डले ती शये र बचे के ा े र हमु ागार्इं माकर्टे इन्भष्े टमण्े ट कम्पनीले सो शेयर किनेको बुझिएको छ ।
कम्पनीको रू. ३ करोड ११ लाखभन्दा धेरैको कारोबार भयो । सोमवार एभरेष्ट बैङ्क, बैङ्क अफ काठमाण्डूलगायतका केही कम्पनीको समेत शेयर किनबेच बढेको छ । सो दिन व्यापारमा आएका ६ समूहमध्ये जलविद्युत्, ‘अन्य’ र बीमा समूहका परिसूचक बढेका छन् ।
यी समूहका परिसूचक क्रमशः १ दशमलव २९, शून्य दशमलव ७ र शून्य दशमलव ५१ प्रतिशतले बढे । त्यसैगरी, विकास बैङ्क, बैङ्किङ र वित्त कम्पनी समूहका परिसूचक घटेका छन् ।
यी समूहका परिसूचक क्रमशः शून्य दशमलव १८, शून्य दशमलव शून्य ७ र शून्य दशमलव शून्य ३ प्रतिशतले घटे । रारा, अरनिको, क्लिन इनर्जी, दियालो, पूर्णिमालगायत विकास बैङ्कको शेयरमूल्य घट्यो ।
किष्ट, एभरेष्ट, कृषि विकास, लक्ष्मी, डीसीबीएललगायत बैङ्कहरूको शेयरमूल्य पनि घट्यो । मूल्य घट्ने वित्त कम्पनीहरूमा कास्की, श्री इन्भेष्टमेण्ट, जेनिथ, युनिकलगायत रहेका छन् । सोमवार १ हजार १ सय ४३ कारोबारबाट ७४ कम्पनीका १ लाख १५ हजार २ सय ४६ कित्ता शेयर किनबेच भए, जसबाट रू. ५ करोड २८ लाखभन्दा धेरै रकम परिचालन भयो भने रू. २ खर्ब ९४ अर्ब बजार पजूँ ीकरण भया े । सा े दिन ३६ कम्पनीको शेयरमूल्य बढ्यो, २७ कम्पनीको घट्यो भने बाँकीको स्थिर र≈यो ।
सोमवार शेयर सङ्ख्या र रकम परिचालनका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा र≈यो । कारोबार सङ्ख्याका आधारमा १ सय १२ पटक शेयर किनबेच भएको प्रोफेशनल विकास बैङ्क अग्रस्थानमा र≈यो । सोमवार कास्की फाइनान्सको शेयर सबैभन्दा धेरै ५ दशमलव ५६ प्रतिशतले घट्यो भने वेष्टर्न डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ७ दशमलव ७८ प्रतिशतले बढ्यो ।