नेप्सेको बढ्ने प्रयास सफल भएन
मङ्सिर २७, काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक बढ्ने प्रयासमा रहेर बन्द भयो । अघिल्लो दिन ३ सय १४ दशमलव १७ बिन्दुमा आइपुगेको नेप्से परिसूचक मङ्गलवार ३ सय १२ दशमलव ५ बिन्दुसम्म ओर्लिए पनि पुनः बढ्ने प्रयासमा र≈यो । बैङ्किङ, वित्त कम्पनी र उत्पादन तथा प्रशोधनमूलक समूहको परिसूचकमा सुधार आएपछि नेप्से घट्ने क्रम रोकियो । सो दिन नेप्से परिसूचक ३ सय १३ दशमलव ७१ बिन्दुमा आएर बन्द भएको छ ।
मङ्गलवार कारोबारमा आएका सात समूहमध्ये बैङ्किङ, वित्त कम्पनी र उत्पादन तथा प्रशोधनमूलक समूहका परिसूचक क्रमशः शून्य दशमलव ३२, शून्य दशमलव शून्य ६ र शून्य दशमलव ९५ प्रतिशतले बढे । सोमवार शेयरमूल्य घटेका एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी बैङ्कको शेयरमूल्य मङ्गलवार उही दरमा वृद्धि भएपछि बैङ्किङ समूहको परिसूचक बढेको हो । सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट, शुभलक्ष्मी, फेवा, जेनिथलगायतका वित्तीय कम्पनीहरूका शेयरमूल्य बढेका छन् । युनिलिभरको शेयरमूल्य रू. १ सय ८ ले बढेपछि उत्पादन तथा प्रशोधनमूलक समूहको परिसूचक बढेको हो ।
जलविद्युत्, ‘अन्य’, विकास बैङ्क र बीमा समूहका परिसूचक घटे । बुटवल, चिलिमे, नेशनल र अरुणभ्याली सबै जलविद्युत् कम्पनीका शेयरमूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक २ दशमलव ५१ प्रतिशतले घट्यो । नेपाल टेलिकमको शेयरमूल्य रू. ६ ले घटेपछि ‘अन्य’ समूहको परिसूचक १ दशमलव ४१ प्रतिशतले घटेको छ ।
प्रोफेशनल, एचएण्डबी, गरिमा, कर्पाेरेट, एनडीईपीलगायत विकास बैङ्कका शेयरमूल्य घट्दा यो समूहको परिसूचक १ दशमलव शून्य ४ प्रतिशतले घट्यो । त्यसैगरी, एशियन, सूर्या, प्राइमलाइफ इन्स्योरेन्स कम्पनीका शेयरमूल्य घटेपछि बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।
मङ्गलवार कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या बढे पनि शेयर सङ्ख्या र रकम परिचालन घटे । सो दिन १ हजार ९ सय ९५कारोबारबाट ८१ कम्पनीका ९१ हजारभन्दा बढी शेयर किनबेच भए । यसबाट रू. २ करोड ३७ लाख १३ हजारभन्दा बढी रकम परिचालन भयो भने रू. २ खर्ब ८७ अर्बको बजार पूँजीकरण भयो । ४८ कम्पनीका शेयरमूल्य घट्यो, २२ कम्पनीको बढ्यो भने बाँकीको स्थिर र≈यो ।
मङ्गलवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबैका आधारमा चिलिमे जलविद्युत् अग्रस्थानमा र≈यो । चिलिमेको ९ हजार २ सय ८० कित्ता शेयर ७ सय ९५ पटक खरीदविक्री भएर रू. ७३ लाख २३ हजार ६ सय रकमको कारोबार भयो । प्रतिशतका आधारमा मङ्गलवार प्रोफेशनल विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ९२ ले घट्यो भने एभरेष्ट बैङ्कको शेयरमूल्य ८ दशमलव ३६ ले बढ्यो ।