घट्दो अवस्थामा शेयर बजार
या े साता काराबे ारका े पहिला े दिन ३ सय १७ दशमलव ६९ बिन्दुमा बन्द भएको नेप्से परिसूचक अन्तिम दिन ३ सय १६ दशमलव २७ बिन्दुमा बन्द भयो । नेप्से परिसूचकमा धेरै शेयरहरू सूचीकृत भएका बैङ्किङ, जलविद्युत् र ‘अन्य’ समूहको परिसूचक घटेपछि समग्र परिसूचक घट्दो अवस्थामा देखिएको हो । गत मङ्गलवारसम्म सबै दिन घटेको नेप्से परिसूचकमा बुधवार केही सुधार आयो । साताको अन्तिम दिन पुनः बैङ्किङ र बीमा समूहको परिसूचक घटेपछि नेप्से १ दशमलव १३ अङ्कले घट्यो । बुधवार बजार घट्ने क्रममा केही थामिएको भए पनि बजारले पूर्ण रूपमा टेवा पाउन सकेको छैन ।
अघिकांश कम्पनीहरूले यसपटकको मुनाफा वितरण वा घोषणा गरिसकेका छन् । नेप्से परिसूचक यस वर्ष ३ सयदेखि ४ सय बिन्दुबीच तलमाथि गरिरहके ाल े अहिल े शये रमल्ू यमा कहे ी गिरावट आए पनि पुनः सामान्य गतिमा सुधार हदँु ै जान े अपक्ष्े ाा बलिया े छ । सरकारले सन् २०१२ लाई लगानी वर्षका रूपमा मनाउने गृहकार्य गरिरहेको छ । राष्ट्रियस्तरमा मात्र नभएर विदेशी लगानीकर्ताहरू भियभयाउन अन्तरराष्ट्रियस्तरमा समेत लगानी वर्षको प्रभावकारी प्रचारप्रसार भएमा नेपालमा आर्थिक विकासको अवसर खुल्ने थियो । हुन त लगानी वर्षको अवसर परेर अधिकांश लगानीकर्ताहरू जलविद्युत् क्षेत्रमा लगानी गर्न आकर्षित भएका समाचारहरू प्रकाशित भएका छन् । तर, राज्यभित्रै पनि दिगो शान्ति स्थापना र आर्थिक विकासका लागि राजनीतिक दलहरूबीच पनि विश्वासको वातावरण बन्न जरुरी छ ।
वित्तीय संस्थाहरूको सङ्ख्या अधिक रहेको समयमा हाल आएर वित्तीय संस्थाहरू एकआपसमा गाभिने प्रक्रिया बढ्दै गएको छ । यो साता पनि माछापच्ु छ े« बङै क् र स्ट्याण्डर्ड फाइनान्स एकआपसमा गाभिने तयारीमा रहेको खबर आएको छ । त्यसैले, उनीहरूको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जबाट रोक्का गरिएको छ । नेपाल राष्ट्र बैङ्कले पनि वित्तीय संस्थाहरू एकआपसमा गाभिने प्रक्रियालाई प्रोत्साहन गरी प्रभावकारी रूपमा अगाडि बढाउन सक्रियता देखाएको छ । नेपाली परिवेशमा सङ्ख्यात्मक रूपमा बढ्दै गएका वित्तीय संस्थाहरू एकआपसमा गाभिने प्रक्रियालाई सकारात्मक रूपमा लिन सकिन्छ ।
यो हप्ता नेप्से परिसूचकमा १ दशमलव ४२ अङ्कले घटेर ३ सय १६ दशमलव २७ बिन्दुमा कारोबार बन्द भएको छ । यस अवधिभर कुल रू. १४ करोड ५१ लाख २२ हजार २ सय ३७ रकमबराबरको कारोबार भएको छ । ९ हजार ६ सय ४९ कारोबारबाट ६ लाख २ हजार ९० शेयरहरू खरीदविक्री भएका छन् । यो साता जलविद्युत् समूहको परिसूचकमा सबैभन्दा बढी ९ दशमलव ५१ अङ्कले कमी आएको छ । यो साता सबैभन्दा बढी कमाउने कम्पनीमा ओम फाइनान्स र सबैभन्दा बढी गुमाउनेमा प्रोफेशनल विकास बैङ्क अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी रकमको कारोबार हुने र धेरै शेयर किनबेच हुने कम्पनीमा एनएमबी बैङ्क रहेको छ ।
यो साता वाणिज्य बैङ्कको परिसूचक १ दशमलव २ अङ्कले घटेर २ सय ६३ दशमलव १८ बिन्दुमा बन्द भएको छ । यसैगरी विकास बैङ्क समूह ४ दशमलव ५३ अङ्कले घटेर अन्तिम दिन २ सय ६४ दशमलव १ मा बन्द भएको छ । जलविद्युत् समूह ९ दशमलव ५१ र बीमा समूह ४ दशमलव ३९ अङ्कले घटेका छन् । होटल, वित्त कम्पनी र उत्पादनमूलक समूहका परिसूचक क्रमशः १ दशमलव शून्य ६, शून्य दशमलव २५ र ६ दशमलव १३ अङ्कले बढेका छन् । व्यापार र ‘अन्य’ समूह स्थिर रहे । यो साता समूहगत आधारमा सबैभन्दा धेरै रकमको कारोबार हुनेमा वाणिज्य बैङ्क समूह रहेको छ । वाणिज्य बैङ्कहरूको कारोबारमात्रै कुल कारोबारको ४४ दशमलव ८३ प्रतिशत हिस्सा हुन आउँछ । त्यसैगरी विकास बैङ्क समहू ल े कलु काराबे ारका े ९ दशमलव ४७ हिस्सा ओगट्छ । वित्त समूह, सामूहिक लगानी कोष, उत्पादनमूलक समूह, अन्य समूह र जलविद्युत् समूहले कुल कारोबारको क्रमशः ३ दशमलव ९९, शून्य दशमलव शून्य १, शून्य दशमलव ७५, १ दशमलव ३९ र ३४ दशमलव शून्य १ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैगरी, होटल, बीमा र बोण्ड तथा डिबेञ्चरले कुल कारोबारको क्रमशः शून्य दशमलव शून्य ३, ५ दशमलव ४८ र शून्य दशमलव शून्य ३ प्रतिशत क्षेत्र ओगट्छन् । सातामा कुल १ सय ९ ओटा कम्पनीको कारोबार भएकामे ा २७ कम्पनीका शये रमल्ू य बढके ा छन् भने ४८ ओटा कम्पनीहरूको शेयरमूल्य घटेका छन् । यसैगरी ३४ ओटा कम्पनीको शेयरमूल्य स्थिर र≈यो ।
साप्ताहिक शेयर विश्लेषण ज्याम् टक्े नाले ाेिजज पा्रलि (नपोल शये रमाकर्टे डटकम) द्वारा प्रस्तुत गरिएको हो ।