शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 14, 2012
  

नेप्से पुनः ३ सय १२ मा


फागुन १, काठमाडौं । सोमवार नेप्से परिसूचक पुनः ३ सय १२ को बिन्दुमा उक्लिएको छ । लामो समयसम्म यो बिन्दुमा टेवा पाउँदै आएको परिसूचकले आइतवार सो तह तोडेको थियो । सोमवार व्यापारमा आएका बैङ्किङ समूहका प्राइम, नबिल, डिसिबिएलसहित १२ वाणिज्य बैङ्क र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य बढेपछि नेप्से परिसूचक बढेको हो । नेप्से परिसूचक शून्य दशमलव ३ प्रतिशतले बढेर ३ सय १२ दशमलव ७९ बिन्दुमा आइपुगेको छ ।

 


सोमवार युनिलिभर कम्पनीको शेयरमूल्य थप रू. २ सय २४ ले घटेको छ । मजदूरको आन्दोलनले बन्द भएको कम्पनी अझै नखुलेपछि शेयरमूल्य क्रमिक रूपमा आरालो लागिरहेको छ । सो दिन सात समूह व्यापारमा आए पनि तीन समूहबाहेक अन्य सबैको परिसूचक घटेको छ । बैङ्किङ र ‘अन्य’ समूहका परिसूचक क्रमशः शून्य दशमलव ४६ र शून्य दशमलव ७१ प्रतिशतले बढ्यो । साल्ट टे«डिङ कर्पाेरेशनको शेयरमूल्य रू. ५ ले वृद्धि भएपछि व्यापार समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ । सूर्य लाइफ, लुम्बिनी जनरल, नेपाल इन्स्योरेन्सको शेयरमूल्य घटेपछि बीमा समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशतले घट्यो ।


त्यसैगरी, कणाली, कण्ट्री, क्लिन इनर्जी, सेवालगायत विकास बैङ्कको शेयरमूल्य घटेपछि यो समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशतले कम भएको छ । त्यसैगरी, हिमालयन, कास्की, सगरमाथा, इम्पेरियल, नारायणी नेशनललगायत वित्त कम्पनीहरूको शेयरमूल्य घटेपछि यो समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशतले आरालो लाग्यो ।


अरुणभ्याली र चिलिमे जलविद्युत्को शेयरमूल्य आरालो लागेपछि जलविद्युत् समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ । सो दिन चिलिमेको शेयर सबैभन्दा धेरै विक्री भयो भने रकम परिचालनको आधारमा पनि अघि र≈यो । कम्पनीको ५ हजार ४० शेयर किनबेचबाट २९ लाख ८८ हजार रकमको व्यापार भयो । सोमवार कम्पनी सङ्ख्या, शेयर सङ्ख्या र व्यापार रकम घटे पनि व्यापार सङ्ख्या र बजार पूँजीकरण भने बढेको छ ।


सो दिन १ हजार ४ सयपटक भएको व्यापारबाट ८१ कम्पनीका ६९ हजार ११ शेयर किनबेच भए । यसबाट रू. १ करोड ४४ लाख रकम परिचालन र रू. २ खर्ब ९१ अर्ब कुल बजार पूँजीकरण भएको छ । त्यसैगरी, ३४ कम्पनीको शेयरमूल्य बढ्यो, ३६ को घट्यो र बाँकीको स्थिर रह्यो ।


सो दिन व्यापार सङ्ख्याको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १ सय २८ पटक शेयर किनबेच भएर अग्रस्थानमा र≈यो । कर्णाली विकास बैङ्कको शेयरमूल्य ९ दशमलव ७२ प्रतिशतले घट्यो भने कोर्पोरेट डेभलपमेण्टको १० प्रतिशतले बढ्यो ।