शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कुमारी बैङ्कको खुद नाफा दोब्बरभन्दा धेरै


काठमाडौं । गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कुमारी बैङ्कको खुद नाफा बढेर दोब्बरभन्दा धेरै भएको छ । बैङ्कले प्रकाशित गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा सो कुरा उल्लेख छ ।


प्रतिवेदनअनुसार आव ०६७÷६८ को प्रथम त्रैमासमा रू. १ करोड ८८ लाख रहेको बैङ्कको खुद नाफा चालू आवको सोही अवधिमा बढेर रू. ४ करोड २३ लाख पुगेको छ । सो अवधिमा बैङ्कको खुद ब्याज आयमा भएको उच्च वृद्धि र ‘अन्य’ सञ्चालन खर्चमा आएको कमीलाई खुद नाफा बढ्नुको प्रमुख कारण मान्न सकिन्छ । समीक्षा अवधिका बैङ्कको खुद नाफासँगै निक्षेप, सञ्चालन आम्दानी, मुनाफा मार्जिनलगायतका परिसूचकमा पनि उत्साहप्रद सुधार देखिएको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको खराब कर्जा केही बढे पनि अन्य वित्तीय परिसूचकहरूमा भने वृद्धि आएको छ ।


गत आवको प्रथम त्रैमासमा रू. २ करोड ९४ लाख रहेको बैङ्कको सञ्चालन मुनाफा चालू आवमा बढेर रू. ५ करोड ८० लाख पुगेको छ । गत आवको तुलनामा चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्मचारी खर्च २२ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन खर्च ६ प्रतिशतले घटेको छ । सोही अवधिमा बैङ्कको कुल सञ्चालन आम्दानी ४२ प्रतिशतले बढेर रू. २१ करोड ४५ लाख नाघेको छ । सो अवधिमा बङै क् का े खदु ब्याज आय पनि ७० प्रतिशतले वृद्धि भएर रू. १६ करोड ६८ लाख रहेको छ ।


गत आवको प्रथम त्रैमासमा रू. १६ अर्ब ७८ करोड रहेको बैङ्कको निक्षेप चालू आवको सोही अवधिमा ७ प्रतिशतले बढेर रू. १८ अर्ब नाघेको छ । बैङ्कले अहिले शुभलक्ष्मी बचत योजना, मेरो लघु मद्दु ती निक्षपे याजे ना, स्मार्ट बचत खाता, कुमारी ठूलो बचत खाता आदि बचत योजना ल्याएकाले पनि चालू आवको प्रथम त्रैमासको निक्षेपमा वृद्धि भएको हो । चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्जा तथा सापटी ५ प्रतिशतले बढेर रू. १५ अर्ब ५६ करोड पुगेको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको आवधिक कर्जा, अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा र ‘अन्य’ कर्जा बढके ा े छ । आवधिक कर्जा ६ प्रतिशतले, अधिविकर्ष कर्जा लगभग १३ प्रतिशतले वृद्धि भएको छ भने ‘अन्य’ कर्जामा २४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।


चालू आवको प्रथम त्रैमासमा बैङ्कको व्यक्तिगत आवास कर्जा रू. १ अर्ब १२ करोड रहेको छ भने समग्र रियल इस्टेट कर्जामा रू. २ अर्ब ९० करोड रहेको छ । चालू आवमा बैङ्कले बिजनेश कम्प्लेक्समा रू. ५५ करोड ५३ लाख कर्जा प्रवाह गरेको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको लगानी रू. २ अर्ब १३ करोड रहेको छ भने बैङ्कसँग तिर्नुपर्ने सापटी रू. ५२ करोड ५ लाख रहेको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्जा–निक्षेप अनुपात ८२ दशमलव शून्य २ प्रतिशत छ । यसले बैङ्कले अझै कर्जा बढाउन ु नपर्न े अवस्था रहके ो देखाउँछ । विवरणअनुसार आव ०६७÷६८ को प्रथम त्रैमासमा १ दशमलव १८ प्रतिशत रहेको बैङ्कको खराब कर्जा चालू आवमा बढेर २ दशमलव २० प्रतिशत पुगेको छ । चालू आवमा बैङ्कको सञ्चालन र मुनाफा मार्जिन गत आवका े भन्दा बढके ा े छ । सो अवधिमा सञ्चालन मार्जिन शून्य दशमलव १० र मुनाफा मार्जिन शून्य दशमलव शून्य ८ रहेको छ ।


त्यसैगरी, चालू आवको प्रथम त्रैमासको अन्त्यमा बैङ्कको मूल्य–आम्दानी अनुपात १९ दशमलव २२ प्रतिशत रहेको छ भने पुस २८ को शेयर बजारको कारोबारअनुसार यो अनुपात १९ दशमलव २१ मा रहेको देखाउँछ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको तरलता अनुपात ६ दशमलव ४४ प्रतिशत रहेको छ । गत आवका लागि यस बैङ्कले शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।