शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 17, 2012
  

प्रतिफल वितरण सकिएपछि नेप्से घट्यो

माघ २, काठमाडौं ।

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले लाभांश दिइसकेकाले सोमवार नेप्से परिसूचक घटेको छ । सूचीकृतमध्ये ८० भन्दा बढी कम्पनीको पुस मसान्तसम्ममा लाभांश पारित तथा वितरण कार्य शुरू भएकाले ती कम्पनीहरूको शेयरमूल्य घट्ने क्रममा छ । केही दिनअघि साधारणसभा सम्पन्न गरेका सोल्टी होटल, सिभिल मर्चेण्ट वित्तीय संस्था, विश्व विकास बैङ्क र सनराइज बैङ्कको पनि सोमवार शेयरमूल्य घटेको छ ।

सोमवार नेप्से परिसूचक भने बढ्ने क्रममा रहेर बन्द भएको छ । व्यापार अवधिभर ३ सय २१ बिन्दुसम्म पुगेको नेप्से परिसूचक बढेर ३ सय २२ दशमलव १६ बिन्दुमा आएर बन्द भयो । सो दिन परिसूचक शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

व्यापारमा आएका सात समूहमध्ये बैङ्किङ र वित्त कम्पनी समूहका परिसूचक मात्र घटेका छन् । यी समूहका परिसूचक क्रमशः १ दशमलव ४३ र शून्य दशमलव १ प्रतिशतले घटे । नबिल, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल, सिटिजन्सलगायत बैङ्कको शेयरमूल्य घट्यो । वित्त कम्पनी समूहका सिभिल मर्चेण्ट, कुवेर मर्चेण्ट, नारायणी नेशनल, प्रिमियरलगायतको शेयरमूल्य घटेको छ । ‘अन्य’, बीमा, होटल, विकास बैङ्क र जलविद्युत् समूहका परिसूचक क्रमशः शून्य दशमलव ९१, शून्य दशमलव ६३, शून्य दशमलव २८, शून्य दशमलव २ र शून्य दशमलव शून्य ५ ले बढेका छन् ।

‘अन्य’ समूहको नेपाल टेलिकमको शेयरमूल्य रू. ४ ले बढेको छ । नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढ्यो । ओरियण्टल होटलको शेयरमूल्य रू. ३ ले बढेको छ । वेष्टर्न, सेवा, एचएण्डबी, गरिमालगायत विकास बैङ्कको शेयरमूल्य बढ्यो । अरुणभ्याली हाइड्रोपावरको शेयरमूल्य रू. ५ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढ्यो ।

सोमवार व्यापारमा आएका कम्पनी, शेयर सङ्ख्या, व्यापार सङ्ख्या र रकम परिचालन सबै घटे । सो दिन १ हजार १ सय ८१ पटक भएको व्यापारबाट ७२ कम्पनीका ६७ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए । यसबाट रू. १ करोड ३४ लाखको व्यापार भयो भने २ खर्ब ९९ अर्ब कुल बजार पूँजीकरण भयो । सो दिन २३ कम्पनीको शेयरमूल्य बढ्यो, ३३ को घट्यो भने बाँकीको स्थिर र≈यो ।

सोमवार १ सय ८८ पटक शेयर किनबेच भएर गुराँस लाइफ इन्स्योरेन्स व्यापार सङ्ख्याका आधारमा अग्रस्थानमा र≈यो । एचएण्डबी डेभलपमेण्ट बैङ्कको सबैभन्दा धेरै १४ हजार ७९ कित्ता शेयर खरीदविक्री भयो ।

बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. १६ लाख रकमको व्यापार भयो । सोल्टी होटलको सबैभन्दा धेरै १६ दशमलव ४२ प्रतिशतले शेयरमूल्य घट्यो भने वेष्टर्न डेभलपमेण्टको सबैभन्दा धेरै ६ दशमलव ८२ प्रतिशतले शेयरमूल्य बढ्यो । कुवेर मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स र वल्र्ड मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स गाभिने भएपछि सोमवारबाट व्यापार स्थगित गरिएको नेप्सेले बताएको छ ।