घटेर फर्कियो नेप्से
पुस २१, काठमाडौं । बिहीवार नेप्से परिसूचक शून्य दशमलव ५७ अङ्क बढ्यो । कारोबारको शुरूमा घटेको नेप्से दिउँसो २ बजेपछि वित्त कम्पनी, बीमा र ‘अन्य’ समूहका परिसूचक बढेपछि नेप्से सकारात्मक बनेको हो । विगत दुई सातायता निरन्तर बढेको नेप्से मङ्गलवार र बुधवार गरी ६ अङ्कभन्दा धेरैले घटेको थियो । बुधवार ३ सय १८ दशमलव ९९ मा बन्द भएको नेप्से बिहीवार केही बढेर ३ सय १९ दशमलव ५६ मा पुगेको छ । नेप्सेको वर्तमान प्रवृत्तिलाई शेयर बजारमा सुधारको सङ्केतका रूपमा हेरिएको छ । ३ सय १२ मा टेवा पाएर उकालो लागेको नेप्से आगामी दिनमा थप सुधार हुँदै जाने अनुमान गरिएको छ । बिहीवार ८ सय ५२ कारोबारबाट ६९ कम्पनीका ७४ हजार १ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ८३ रकम लाख परिचालन भयो भने रू. २ खर्ब ९६ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार नेप्से बढे पनि कारोबार रकम भने औसतभन्दा कम भयो । रू. ३९ लाख ५ हजारको शेयर किनबेच भएको एभरेष्ट बैङ्क सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा प¥यो ।
सो दिन सहयोगी विकस बैङ्कका शेयर सबैभन्दा धेरै १६ दशमलव ६० प्रतिशत सस्तियो भने नेपाल एक्सप्रेस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ५२ प्रतिशत महँगो भयो । बिहीवार ३३ कम्पनीको शेयरमूल्य घट्योे, २३ को बढ्यो भने बाँकीको स्थिर र≈यो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. १० बढेपछि ‘अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै २ दशमलव ३५ प्रतिशत बढ्यो । वित्त कम्पनी र बीमा समूहका परिसूचक क्रमशः शून्य दशमलव शून्य १ र शून्य दशमलव शून्य ७ प्रतिशत सकारात्मक रहे । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै शून्य ९८ प्रतिशत घट्यो ।
युनिलिभर नेपालको शेयरमूल्य रू. १ सय २५ ले घटेपछि सो समूहको परिसूचक नकारात्मक भएको हो । एभरेष्टको शेयर रू. २१ र स्ट्याण्डर्ड चार्टर्डको शेयर रू. ६ ले बढे पनि हिमालयन, कुमारी र नबिलको शेयर क्रमशः १७, ११ र ७ रुपैयाँले घटे । फलस्वरूप, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत घट्यो । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत घट्यो । चिलिमेको शेयर रू. ६ ले घटेपछि जलविद्युत् समूहको परिसूचक नकारात्मक देखिएको हो । बिहीवार विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशत घट्यो ।