नयाँ शेयर ०८ कार्तिक २०६८
कम्पनीः कामना विकास बैङ्क लिमिटेड
प्रकारः साधारण
सङ्ख्याः ७ लाख कित्ता
दरखास्त दिनपाउने न्यूनतम शेयरः ५० कित्ता
दरखास्त दिन पाउने अधिकतम शेयरः १० हजार कित्ता
निष्कासन खुला मितिः २०६७ कार्तिक ११ गते
निष्कासन बन्द मितिः २०६७ कार्तिक १५ गते (छिटोमा) कार्तिक २५ गते (ढिलोमा)
बिक्री प्रबन्धकः एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेड
कम्पनीः निर्धन उत्थान बैङ्क लिमिटेड
प्रकारः हकप्रद
अनुपातः २:१
संख्याः ५५ लाख कित्ता
निष्कासन खुला मितिः २०६७ कात्तिक ५ गते
निष्कासन बन्द मितिः२०६७ मङसिर ९ गते
बिक्री प्रबन्धकः ग्रोमोर मर्चेण्ट बैङ्कर लिमिटेड
कम्पनीः प्रभु फाइनान्स कम्पनी लि.
प्रकारः हकप्रद
अनुपातः २:१
सङख्याः १२ लाख कित्ता
निष्कासन खुला मितिः २०६७ कार्तिक ११ गते
कम्पनीः गण्डकी विकास बैङ्क लिमिटेड
प्रकारः हकप्रद
सङ्ख्याः १० लाख कित्ता
अनुपातः १:१
निष्कासन खुला मितिः २०६७ भदौ २४ गते
निष्कासन बन्द मितिः २०६७ असोज २७ गतेसम्म रहेकोमा कार्तिक १७ गतेसम्म थप भएको छ ।
बिक्री प्रवन्धकः एलिट क्यापिटल लिमिटेड
कम्पनीः मितेरी डेभलपमेण्ट बैङ्क लिमिटेड
प्रकारः हकप्रद
अनुपातः १:१
सङ्ख्याः ४ लाख ५१ हजार ४ सय ४० कित्ता
निष्कासन खुला मितिः २०६७ कात्तिक २२ गतेदेखि
निष्कासन बन्द मितिः २०६७ मङ्सिर २६ गते
बोनस शेयरः
स्ट्यार्ण्र्डड चार्र्टर्ड बैङ्कले १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
ओम फाइनान्स लिमिटेडले ३५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
रोयल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले ३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लाने निर्णय गरेको छ ।
अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
गुहेस्वरी मर्चेण्ट बैङकिङ एण्ड फाइनान्स लि.को २०६७ असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
प्राइम कमर्सियल बैङ्कको २०६७ असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
नविल बैङ्कको २६ औ वाषिर्क साधारणसभालले १० दशमलव ४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
लाभांशः
भृकुटी विकास बैङ्कले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
रिलायबल फाइनान्सले २६ दशमलव २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
ओम फाइनान्सले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
ग्लोबल बैङ्कको असोज १५ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
अरुण भ्याली हाइड्रोपावरले ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
रोयल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले १५ प्रतिशत लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय गरेको छ ।
नेपाल आवास विकास वित्तकम्पनीको २०६७ असोज २१ गते बसेको सञ्चालक समितिले ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
गुहेश्वरी मर्चेण्ट बैङकिङ एण्ड फाइनान्स लिको २०६७ असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
प्राइम कमर्शियल बैङ्कको २०६७ असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
एनएमबी बैङ्कको १५ औँ वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश पारित गरेको छ ।
नबिल बैङ्कको २६ औँ वार्षिक साधारणसभाले ३० प्रतिशत नगद लाभांश पारित गरेको छ ।
बुक क्लोजः
रिलाएबल फाइनान्स लिले चौथो वार्षिक साधारणसभाबाट पारित एकबराबर एक (१:१) अनुपातको हकप्रद शेयर वितरण प्रयोजनका लागि मिति २०६७/०७/०८ गते १ दिन शेयर दर्तापुस्तिका बन्द गर्ने बताएको छ ।
स्टयार्ण्र्डड चार्र्टर्ड बैङ्कले आगामी साधारणसभा प्रयोजनका लागि मिति २०६७ असोज २७ देखि २०६७ कात्तिक २५ गतेसम्म बैङ्कको शेयर दाखिल, खारेज दर्ता बन्द रहने निर्णय गरेको छ ।
प्राईम कमर्शियल बैङ्कको दोस्रो वार्षिक साधाणरसभाले पारित १ करोड १० लाख कित्ता हकप्रद शेयरको विक्री खुला गर्नका लागि २०६७ कात्तिक १२ गते एक दिन शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
साधारण सभा
स्ट्यार्ण्र्डड चार्टर्ड बैङ्क लिमिटेडको २४ औँ वार्षिक साधारणसभा, २०६७ कात्तिक २५ गते, दिनको ३:३० बजे, त्रिभुवन अफिर्सस क्लब, भद्रकाली काठमाडौँ ।
त्रिवेणी विकास बैङ्कको सातौँ वार्षिक साधारणसभा, २०६७ कात्तिक १२ गते, उद्योग वाणिज्य सङ्घ भवन, नारायणगढ, चितवन, बिहान ११ बजे ।
सगरमाथा मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स लिको पाँचौँ वार्षिक साधारणसभा, २०६७ कात्तिक १० गते, बिहान ११:३० बजे, प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अडिटोरियम हल, जावलाखेल, ललितपुर ।
युनाइटेड फाइनान्सको १६औँ वार्षिक साधारणसभा, २०६७ कात्तिक १० गते, दिउँसो ४ बजे, नेपाल पर्यटन बोर्ड प्रदर्शनी मार्ग काठमाडौँ ।
किष्ट बैङ्कको नवौँ वार्षिक साधारणसभा, २०६७ साल कार्तिक १३ गते, बिहान ११:०० बजे, स्टाफ कलेज, जावलाखेल, ललितपुर
छिमेक विकास बैङ्कको नवौँ साधारणसभा, २०६७ साल कार्तिक १४ गते, बिहान १०:०० बजे, मकवानपुरको हेटौँडास्थित मोटेल एभोकाडोको सभाहल ।
आईसीएफसी फाइनान्सको सातौँ वार्षिक साधारणसभा, २०६७ साल कार्तिक १४ गते, बिहान ११:०० बजे, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुर ।
रिलाएबल फाइनान्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा,: २०६७ कात्तिक २८ गते बिहान ११ बजे पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौँ ।
सहकारीको साधारण सभा
भार्गव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वाषिर्क साधारणसभा, २०६७ कात्तिक २७ गते, दिनको १:०० बजे, संस्थाको रजिष्ट्रार कार्यालय, सामाखुशी, काठमाडौँ ।
जनमुक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा, २०६७ कात्तिक २६ गते, बिहान १०:३० बजे, कार्की पार्टी प्यालेस, धुम्बाराही, काठमाडौँ ।
सुवर्णपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वाषिर्क साधारणसभा, २०६७ कात्तिक २७ गते, बिहान ७:३० बजे, ग्राण्ड मल्टी भेन्यू, चुच्चेपाटी, काठमाडौँ ।