शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नयाँ शेयर २८ अशोज २०६८

 

कामना विकास बैङ्क लिमिटेड


प्रकारः साधारण
सङ्ख्याः ७ लाख कित्ता
दरखास्त दिनपाउने न्यूनतम शेयरः ५० कित्ता
दरखास्त दिन पाउने अधिकतम शेयरः १० हजार कित्ता
निष्कासन खुला मितिः २०६७ कार्तिक ११ गते
निष्कासन बन्द मितिः २०६७ कार्तिक २५ गते
बिक्री प्रबन्धकः एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेड

निर्धन उत्थान बैङ्क लिमिटेड
प्रकारः हकप्रद
अनुपातः २:१
सङ्ख्याः ५५ लाख कित्ता
निष्कासन खुला मितिः २०६७।०७।०५
निष्कासन बन्द मितिः२०६७।०८।०९
विक्री प्रबन्धकः ग्रोमोर मर्चेण्ट बैङ्कर लिमिटेड

प्रभु फाइनान्स कम्पनी लि.
प्रकारः हकप्रद
अनुपातः २:१
सङ्ख्याः १२ लाख कित्ता
निष्कासन खुला मितिः २०६७ कार्तिक ११ गते

गण्डकी विकास बैङ्क लिमिटेड
प्रकारः हकप्रद
सङ्ख्याः १० लाख कित्ता
अनुपातः १:१
निष्कासन खुला मितिः २०६७ भदौ २४ गते
निष्कासन बन्द मितिः २०६७ असोज २७ गतेसम्म
खुला रहेकोमा कार्तिक १७ गतेसम्म थपिएको छ ।
विक्री प्रबन्धकः एलिट क्यापिटल लिमिटेड

मितेरी डेभलपमेण्ट बैङ्क लिमिटेड
प्रकारः हकप्रद
अनुपातः १:१
सङ्ख्याः ४ लाख ५१ हजार ४ सय ४० कित्ता
निष्कासन खुला मितिः

सूचीकरणः
अल्पाइन डेभलपमेण्ट बैङ्कका रू. १ सय अङ्कित कुल १० लाख कित्ता साधारण शेयर मिति २०६७ असोज २५ गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए ।

सूर्यदर्शन फाइनान्स लिमिटेडका रु. सय अङकित ४ लाख कित्ता साधारण शेयर असोज २५ गते नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भए ।

बोनस शेयरः
बैङ्क अफ काठमाण्डूको असोज १७ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले दिने भनेको १५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

रोयल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लाने निर्णय गरेको छ ।

अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

गुहयेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स लिको २०६७ असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

प्राइम कमर्शियल बैङ्कको २०६७ असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

नबिल बैङ्कको २६औँ वार्षिक साधारणसभाले १० दशमलव ४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिले १५ प्रतिशत बोनस शेयर दिनेप्रस्ताव आगामी वार्षिक साधारणमा लैजाने निर्णय गरेको छ ।

लाभांशः
बैङ्क अफ काठमाण्डूको असोज १७ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले शेयर धनीलाई १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

फेवा फाइनान्स कम्पनीको २०६७/६/१३ गते बसेको सञ्चालक समितिको बैठकले १५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिले ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

ग्लोबल बैङ्कको असोज १५ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

अरुण भ्याली हाइड्रोपावरले ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

रोयर मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले १५ प्रतिशत लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय गरेको छ ।

नेपाल आवास विकास वित्त कम्पनीको २०६७ असोज २१ गते बसेको सञ्चालक समितिले ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

गुहयेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स लिको २०६७ असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

प्राइम कमर्शियल बैङ्कको २०६७ असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।

एनएमबी बैङ्कको १५औँ वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

नविल बैङ्कको २६औँ वार्षिक साधारणसभाले ३० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बूक क्लोजः
रिलाएबल फाइनान्स लिले चौथो वार्षिक साधारणसभाबाट पारित एकबराबर एक (१:१) अनुपातको हकप्रद शेयर वितरण प्रयोजनका लागि मिति २०६७/०७/०८ गते १ दिन शेयर दर्तापुस्तिका बन्द गर्ने बताएको छ ।

प्राइम कमर्शियल बैङ्कको दोस्रो वार्षिक साधारणसभाले पारित १ करोड १० लाख कित्ता हकप्रद शेयरको विक्री खुला गर्न २०६७ कात्तिक १२ गते एक दिन शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

स्टयार्ण्र्डड चार्र्टर्ड बैङकले आगामी साधारणसभा प्रयोजनका लागि मिति २०६७/०६/२७ देखि २०६७/०७/ २५ सम्म बैङ्कको शेयर दाखिल, खारेज दर्ता बन्द रहने निर्णय गरेको छ ।

साधारणसभा
त्रिवेणी विकास बैङ्कको सातौँ वार्षिक साधारणसभा । २०६७ कात्तिक १२ गते, उद्योग वाणिज्य सङ्घ भवन, नारायणगढ, चितवन, बिहान ११ बजे

सगरमाथा मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स लिको पाँचौँ वार्षिक साधारणसभा ।  २०६७ कात्तिक १० गते बुधवार, बिहान ११:० बजे, प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अडिटोरियम हल, जावलाखेल, ललितपुर

युनाइटेड फाइनान्सको १६औँ वार्षिक साधारणसभा । २०६७ कात्तिक १० गते बुधवार, दिउँसो ४ बजे, नेपाल पर्यटन बोर्डको कार्यकक्ष प्रदर्शनी मार्ग काठमाडौँ

किष्ट बैङ्कको नवौँ वार्षिक साधारणसभा । २०६७ कार्तिक १३ शनिवार, बिहान ११:०० बजे, स्टाफ कलेज, जावलाखेल, ललितपुर

छिमेक विकास बैङ्कको नवौँ साधारणसभा । २०६७ कार्तिक १४ गते, बिहान १०:०० बजे, मकवानपुरको हेटौँडास्थित मोटेल एभोकाडोको सभाहल

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा । २०६७ मङ्सिर ४, बिहान१०:०० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँ ।

नेपाल लायन बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारणसभा, २०६७ कार्तिक १४, बिहान ११:०० बजे, संस्थाको कार्यालय त्रिपुरेश्वर काठमाडौँ ।