जनरल फाइनान्सले आफ्नो शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागी एलिट क्यापिटल लि. राष्ट्रिय नाचघर जमल काठमाडौं लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । (2011-08-11)
रारा बिकास बैङ्क र कामना बिकास बैङ्कको शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि ग्रोमोर बैङ्कर लि. लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
डिसिबिएल बैङ्कले आफ्नो शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागी सिभिल क्यापिटल मार्केटलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
प्यासिफिक डेभलपमेन्ट बैङ्कले २ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट लाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
नेपाल कन्जुमर डेभलपमेन्ट बैङ्कले शेयर निष्काशन गर्नको लागि एनएनबि क्यापिटल र नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सूर्य डेभलपमेन्ट बैंङ्कले साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनएमबी क्यापीटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
प्रोफेशनल बिकास बैङ्कले ग्रोमोर मर्चेन्ट बिकास बैङ्कलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
गुँरास लाइफ इन्स्योरेन्सले एनएमबी क्यापीटल लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
गोरखा डेभलपमेन्ट बैङ्कले एनएमबी क्यापीटल लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
रिलायबल फाइनान्सको चैत १ गते देखि एलिट क्यापीटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
पाथिभरा बिकास बैङ्कले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकत्वको रुपमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।
हिमालयन फाइनान्सले एलिट क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
फागुन ११ गते कास्की फाईनान्सले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न एस क्यापिटल लाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
एभरेष्ट फाइनान्सको १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न फागुन १२ गते एस क्यापिटल लाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
भार्गब विकाश बैङ्कले विक्री तथा धितोपत्र प्रबन्धकमा एनएमबी क्यापिटल लाई नियुक्त गरेको छ ।
कर्णाली विकास बैङ्कले शेयर दाखिला खारेज लगायत सो संग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि ग्रोमोर मर्चेन्ट बैङ्कर लि. दरबारमार्ग काठमाडौं लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
काबेली विकास बैङ्कले दोस्रो बजारमा कारोबारको लागि एस क्यापिटल लि. लाई सेयर रजिष्टार नियुक्त गरेको छ ।
भ्याली फाइनान्स लि. ले आफ्ना शेयर सम्बन्धी कारोबार गर्नका लागि एन.सि. एम क्यपीटल मार्चेन्ट बैंकिङ्ग कमलपोखरी काठमाडौं लाई नियुक्त गरेको छ ।
ज्योति विकास बैङ्कले एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
एक्सेल डेभलपमेण्ट बैङ्कले सिभिल मार्केट लिलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
तिनाउ विकास बैङ्कले नागरिक लगानी कोषलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
कन्काई विकास बैङ्कले ग्रोमोर मर्चेण्ट बैङ्कलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
तिनाउ बिकास बैङ्कले ३ लाख कित्ता साधारण शेयर निश्काशनको लागि नागरिक लगानीकोषलाई शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
स्वरोजगार लघुवित्त विकास बैङ्कले एनएमबी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
राप्तिभेरी विकास बैङ्कको साधारण शेयर निष्काशनको लागि एनएमवि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशक र विक्री प्रबन्धक नियुक्त गरेको छ ।
शेयर बाँडफाँड
डिप्रोक्स लघुवित्त बिकास बैङ्कले १ बराबर १ दशमलव ५ को अनुपातमा वितरण गरेको हकप्रद शेयरको आषाढ ३० गते बाँडफाँड गरेको छ, साथै नगद फिर्ता भुक्तानी कार्य श्रावण २ गते देखि वितरण भईरहेको छ ।(2011-07-20)
जेनिथ फाइनान्सको ६ बराबार ५ को अनुपातमा वितरण गरेको हकप्रद शेयरको आषाढ २८ गते बाँडफाँड गरेको छ ।
सनराईज बैङ्कको अनितरित हकप्रद शेयरहरु शिलाबन्दी बोलकबोलबाट बिक्री गरिएकोमा उक्त शेयर आषाढ २४ गते बाँडफाँड गरिएको छ । बाँडफाँडमा नपरेका आबेदकहरु लाई आषाढ २९ गते नबिल इन्भेष्टमेन्ट बैकिङबाट रकम संकलन गर्न सकिने जनाएको छ ।
मुक्तिनाथ बिकास बैङ्कको ७ लाख कित्ता साधारण शेयर विभिन्न शेयरधनी नं. का आधारमा बाँडफाँड गरेको छ ।
शेयर अनुमती
पाटन फाइनान्सलाई १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमती दिएको छ ।(2011-08-09)