शेयरवार्ता
बजार बढ्दा चिन्तित हुने सरकारले घट्दा पनि सोच्नुपर्छ
पहिले पहिले जसरी बैङ्क भनेका राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क भनेर बुझिन्थ्यो, अहिले शेयर भनेको बैङ्कहरूको मात्रै भन्ने बुझिन्छ।

भक्तिराम घिमिरे
अध्यक्ष तथा कार्यकारी निर्देशक
इम्पेरियल सेक्यूरिटिज प्रालि (ब्रोकर नम्बर ४५)
पछिल्लो समयमा सरकारी अधिकारीहरूले शेयर बजारलाई उत्साहित गराउने खालका धारणा एकपछि अर्काे गर्दै सार्वजनिक गरिरहेका छन् । बजारमा यसको प्रभाव कत्तिको परेको छ ?
कसैको भनाइभन्दा पनि व्यावहारिक रूपमा कस्ता पहल चालिन्छन्, त्यसमा नै बजारको गति भर पर्छ । केही अगाडि पनि सरकारी संस्थानहरूले ५ प्रतिशतजति लगानी शेयर बजारमा गर्नुपर्ने भन्ने सरकारको धारणा सार्वजनिक भएको थियो । यसलाई नै प्रभावकारी रूपमा कार्यान्वन गराउने हो भने पनि बजारमा ठूलो राहत हुन्थ्यो । राष्ट्र बैङ्कले रू. १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने जुन प्रावधान राखेको छ, त्यसले पनि लगानीमा समस्या आएको छ । यही बुधवार शेयर मूल्यमा भएको वृद्धिमा पनि नेपाल धितोपत्र बोर्डले किन र कसरी त्यसो भयो भनेर केही चिन्ता र चासो देखाएको थियो । बजार घट्दा भने कसैले यस्तो चासो देखाएको पाइँदैन तर बजार केहीमात्र बढ्दा पनि चासो देखाइन्छ । यस्ता निकायहरूले त दुवै अवस्थामा उत्तिकै ध्यान दिनुपर्ने हो नि ।
अहिले बैङ्कहरूमा निक्षेप बढिरहेको छ । तर, त्यसको प्रयोग हुन सकिरहेको छैन । यो अवस्थाले हाम्रो अर्थतन्त्रलाई कस्तो अवस्थामा पु¥याउ“छ ?
यो अवस्था पक्कै पनि राम्रो होइन । यसमा सरकार गम्भीर हुनु पर्छ । लगानीमैत्री वातावरण बनाएर पूँजी परिचालन गर्न सकिन्छ । अहिले बैङ्कहरूको तरलता वृद्धि भएको अवस्थामा ती बैङ्कहरूबाट समेत लगानी हुने गरी कुनै कोष बनाएर त्यसमार्फत पूँजीबजारमा लगानी गर्नुपर्छ । यसमा सरकारसमेत सहभागी हुन सक्छ । सो कोषमा बैङ्कहरूबाट कम्तीमा पनि १÷१ प्रतिशत र सरकारी संस्थाहरूबाट १५÷२० प्रतिशत लगानी हुनु पर्छ । अहिले लगानीकर्तामा त्रास देखिन्छ । उनीहरूमा शेयर किन्यो कि त घाटा लागिहाल्छ भन्ने धारणा छ । सरकारको यस्तो पहलले लगानीकर्ताहरूको धारणामा समेत परिवर्तन आउँछ । अहिले विप्रेषण बढेकाले निक्षेप वृद्धि भएको हो । विप्रेषणबाट देशमा भित्रिइरहेको रकम आर्थिक क्रियाकलाप वृद्धि गर्ने काममा प्रयोग भएको छैन । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई पनि शेयर बजारमा आकर्षित गर्न जरुरी छ ।
शेयर बजारमा कसरी वास्तविक क्षेत्रको सहभागिता वृद्धि गर्न सकिन्छ ?
पहिले पहिले जसरी बैङ्क भनेका राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क भनेर बुझिन्थ्यो, अहिले शेयर भनेको बैङ्कहरूको मात्रै भन्ने बुझिन्छ । उत्पादनमूलक समूहका कम्पनीहरूको चुक्तापूँजी बढाउनु पर्ने आवश्यकता उत्पन्न गराइएमा यस्ता कम्पनीका शेयर सर्वसाधारणका लागि जारी गर्ने अवस्था आउँछ । सर्वसाधारणलाई शेयर जारी गर्ने कम्पनीहरूलाई बरु विभिन्न कर छूटलगायत सुविधाहरू दिन सकिन्छ ।
शेयरमा भएको लगानी सुरक्षणका लागि के के गर्नु पर्ला ?
निक्षेप बीमा गरिएजस्तै शेयरमा लगानी भएको निश्चित रकमसम्मको लगानीलाई बीमा गर्ने व्यवस्था हुनु पर्छ । अहिले केही कम्पनीको नेटवर्थभन्दा पनि शेयरमूल्य धेरै तल गइरहेको छ । त्यस्ता कम्पनीमा भइरहेको लगानी सुरक्षण गर्ने व्यवस्था सरकारले गर्न जरुरी छ । ठूला लगानीकर्ताले गरेको कारोबारमा केही प्रतिशत कर लगाएर त्यसबाट यस्तो कोष निर्माण गर्नु पर्ने प्रावधान गर्नु पर्छ । अहिले पनि दैनिक रूपमा हुने शेयर कारोबारको रकम बैङ्कमा निक्षेप भएको हुन्छ । त्यसको ब्याजदर निकै कम छ । सो ब्याजदर पनि बढाउनु पर्ने देखिन्छ भने अहिलेसम्म त्यो ब्याजदरबाट जम्मा हुन आएको रकमलाई पनि यस्तो कोष निर्माणमा समावेश गर्न सकिन्छ ।
अहिले चिलिमेको शेयर म्याचिङ कारोबार भइरहेको छ । बजारबाहिर नै भएका शेयर किनबेचलाई म्याचिङ कारोबार गराइएको बुझिन्छ । यसलाई कसरी हेर्नु हुन्छ ?
चिलिमेको यो कारोबारमा त्यति धेरै सोच्नु पर्छजस्तो मलाई लाग्दैन । तर पनि बजारबाहिर नै किनबेच हुने कुरा राम्रो होइन । चिलिमेले आयोजनास्थलका स्थानीय मानिसलाई शेयर विक्री गरेको थियो । गाउँका मानिसहरूले यसको महइभ्व नबुझ्दा र पूँजी आवश्यक परेको कारणबाट पनि बजारबाहिर नै ती शेयर किनबेच भएको हुन सक्छ । यो शैली जुन अवलम्बन भएको छ, यसलाई नियमक निकायले अनुगमन भने गर्नु पर्छ । किनकि, यस्तो कारोबार गर्ने अभ्यास भविष्यमा पनि बढ्न सक्छ ।
तपाईंको संस्थाको अवस्थाचाहि“ कस्तो छ त ?
हाम्रो कम्पनीमा तीन जना स्नातकोत्तर तह उत्तीर्ण कर्मचारीको संलग्नता छ । कुनै पनि ब्रोकर कम्पनीमा यस्तो जनशक्ति भएजस्तो मलाई लाग्दैन । हामीले सेवालाई प्राथमिकतामा राखेका छौं । हामी रकम लिन र दिन दुवै अवस्थामा ग्राहकलाई नै सम्पर्क गर्छौं ता कि हाम्रो सेवा चाँडो होस् । हामीले कार्यालय समय भनेका छैनौं । त्यो समय अघिपछि पनि हामीहरू काम गरिरहेका हुन्छौं ।