शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपालीको 'मुस्ताङमय' भाग्य
मदन लम्साल
बहुमतीयको प्रधानमन्त्री कुनै हालतमा बन्दिनँ, सहमतीय प्रणालीकै प्रम मात्र बन्छु भन्ने बाबुराम भट्टराई कुन मतिले हो, बहुमतीयकै प्रम बने  । लाखौंले मानेको पपुलर मान्छे उनी । त्यसैले प्रम हुनेबित्तिकै नेपालमा बनेको 'मुस्ताङ' गाडी चढ्ने पपुलिष्ट घोषणा गर्न भ्याए । मिल्ने भए गणेशको वहान 'मुसा' चढ्ने उद्घोष गरिदिन्थे होलान्, नभए भोलिका दिनमा 'सफा टेम्पु' पनि चढ्छु भन्न बेर छैन । जे होस्, मुस्ताङको भाग्य बलियो रहेछ, जसलाई प्रमले नै चढ्ने भए ।  प्रमका लागि छुट्टयाएको करोडको गाडीचाहिँ शायद अब प्रधानमन्त्राणि वा प्रधानमन्त्रीका पनि प्रचण्ड हाकिमले चढेर संरक्षण गरे हुन्छ ।

अब लक्जरियस र महँगा कारका दिन गएजस्तो छ । यसै पनि विक्री घटयो भनेर कारवालाहरुले रोइकराई गरिरहेका थिए । अब नयाँ मन्त्रीहरुलाई नयाँ कार बेचौंला भन्ने सपना विक्रेताहरुले नदेखे हुन्छ । भट्टराईको पार्टीका नेताहरुले त विगतमा यसै पनि महँगो कार भए पनि किनेर चढ्नु परेको थिएन । कुनै न कुनै तरीकाले उनीहरुले महँगा, राम्रा कार त्यो पनि अर्कैअर्कै रङ्गीविरङ्गी नम्बर प्लेटमा चढ्न पाएकै थिए । तर, मुस्ताङ काण्डको अर्थ बैग्लै छ । भट्टराई प्रधानमन्त्री भएपछि नेपालीको भाग्य पनि 'मसिडिज बेञ्ज' कारको स्तरबाट 'मुस्ताङ जीप'मा ओर्लने खुशीयाली अब मनाउन थाले हुन्छ । आखिर गरीब भए पनि 'राष्ट्रवादी' भाग्य नै राम्रो हुन्छ ।

प्रम हुनेबित्तिकै उनले भ्रष्टाचारमा 'जीरो टोलरेन्स' को नीति अपनाइने घोषणा पनि गरेका छन् । अर्थात् जति भ्रष्टाचार भए पनि केही पनि नबोल्ने भन्ने नीति हुनुपर्छ यो । शायद, त्यसै भएर देशमा भ्रष्टाचार व्याप्त छ । यसको विरोधमा उनले र उनको पार्टीले च्यूँसम्म बोलेको छैन ।देशमा वर्षौंदेखि नयाँ उद्योग खुलेका छैनन् । देशमा बेरोजगारी छ । यी कुरा उनको पार्टीले थाहा पाएको छैन । त्यसैले सूर्य नेपाल गार्मेण्ट बन्द हुँदा न त उनले, न उनको पार्टीले त्यो खुल्नुपर्छ भनेर कुनै सरोकार देखायो । किनकी त्यो गार्मेण्टबाट हुने कपडाको उत्पादन नेपाल र नेपालीका लागिभन्दा पनि विदेशीका लागि थियो । नेपालमा बसेर विदेशका लागि उत्पादन गर्ने कुरा उनको दृष्टिमा सम्भवत: सोर्है आना देशद्रोह हो । हिजो अर्थमन्त्री हुँदा उनले बन्द भएको हेटौंडा कपडा उद्योगलाई ब्यूँताउने योजना ल्याएका थिए । अब प्रम नै बनेपछि त हेटौंडा कपडाजस्ता सरकारी र कहिल्यै नाफामा चल्न नसक्ने थुप्रै कम्पनीलाई उनले पक्कै जन्माउनेछन् । किनकी यो व्यवसायको होइन, लोकप्रियता र विश्वासको कुरा हो ।

उनी र उनको पार्टी सरकारले व्यापार गर्नुपर्छ, सरकारले उत्पादन र वितरण गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछ । कम्युनिजम भनेकै त्यै हो । किनकी निजीक्षेत्रले 'कालाबजारी' गर्दछ । हिजोसम्म एमाले र काङ्ग्रेस नै ठीक, माओवादीले बर्बाद बनायो भन्ने उद्योगी व्यवसायीहरु अहिले भट्टराईलाई बधाई दिन लामै लाइनमा लमतन्न भएर लागेका छन् । त्यसैले उनले र उनको पार्टीले यो कुरा बुझेको छ, निजीक्षेत्रको कुनै अडान छैन । त्यसैले सबै काम सरकारले गर्नुपर्छ । त्यै भएर उनी अर्थमन्त्री हुँदा राष्ट्र बैङ्कका गभर्नरमार्फत माओवादी नेताहरुले चलाएको जनमैत्री अस्पताललाई ऋण दिन दबाब दिएका थिए, जसमा ऋण दिन बाध्य पारिएका एक दर्जन बैङ्कले अहिलेसम्म एक सुको पैसा फिर्ता पाएका छैनन् र पाउने छाँटछन्द पनि छैन ।

भट्टराई व्यक्तिगत वा पारिवारिक सम्पत्तिमा विश्वास गर्दैनन् । त्यसैले उनले आफ्नो सम्पत्ति छोरीलाई हस्तान्तरण गरिदिएका छन् । उनले आफ्नो व्यक्तिगत सम्पत्ति जोडेनन् । जे जति सम्पत्ति जोडिएको छ, त्यो उनको श्रीमतीको कमाइ मात्र हो र उनी व्यक्तिगत स्वतन्त्रताका पनि हिमायती भएकाले उनकी श्रीमतीले कसरी पैसा कमाइन्, कसरी खर्च गर्छिन् भन्ने कुरा उनको सरोकारको विषय रहेन । शायद, उनलाई यो पनि थाहा नहुन सक्छ कि उनले लाउने लाकोत्से कम्पनीको पेटीलाई करीब ५ हजार पर्छ र उनले लगाउने गरेका अङ्गोरा ऊनको स्वेटरको मात्र करीब २२ हजार रुपैयाँ पर्छ भनेर त्यसैले यति उदार, यति भिजनरी प्रम पाएकोमा नेपालीहरुले आफूलाई भाग्यमानी सम्झिनुपर्दछ । अब देशमा प्रमकै पार्टीले एक दशकदेखि भन्दै आएको आर्थिक क्रान्ति हुने कुरामा ढुक्क हुन सकिन्छ । किनभने, मुस्ताङ चढेर त्यसको राम्रो प्रचार भएपछि अरु कामै नगरे पनि 'लोकप्रियता' भने खस्किँदैन भन्ने जानकारी बाबुरामजस्ता 'बोर्ड फष्ट'लाई नहुने कुर