बजार बढ्न सक्ने
गत साता नेप्से परिसूचक १०.१९ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसूचक २.४८ अंकले बढेको थियो । गत साता पाँच दिन भएको कारोबारमा पाँचै दिन नेप्से परिसूचक सो साता नै घटेको छ । हिजो आइतबार नेप्से ०.३६ अंकले बढेको थियो । गत साता आइतबार भने नेप्से परिसूचक सबैभन्दा बढी ४.२ अंकले घटेको छ । अघिल्लो साताझैँ गत साता पनि कुनै कम्पनीको सेयर मूल्यमा धेरै परिवर्तन नआएकाले नेप्से परिसूचकमा पनि धेरै उताचढाव भएन । विशेषगरी राष्ट्रिय राजनीतिमा देखिएको अन्योलसँगै बजार बढी स्थिर बन्दै गएको छ । तर वर्तमान सरकारको बहिर्गमन हुने सम्भावना बढ्दै गएको र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना बढेकाले बजारलाई यसले सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । यसका साथै आर्थिक वर्षसमाप्त हुने समय नजिकिँदै गएकाले पनि उच्च नाफा आर्जन गर्ने कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षा बढ्ने देखिएको छ । यसले पनि बजारलाई सकारात्मक प्रभाव पार्न सक्छ ।
गत साता नेपाल स्टक एक्सचेन्जमा १०३ कम्पनीहरूको कारोबार भएको छ, जसअनुसार ४५८१ कारोबारबाट १२ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरका ३ लाख ९ हजार ७ सय कित्ता सेयरहरू खरिद-बिक्री भएका छन् । अघिल्लो साता ५७९९ कारोबारबाट २५ करोड ९ लाख ६६ हजार रुपैयाँ बराबरका ९ लाख ६६ हजार ६ सय कित्ता सेयरहरू खरिद-बिक्री भएका थिए । कारोबार रकममा अघिल्लो साताको तुलनामा ४९.१३ प्रतिशतले ह्रास आएको छ । अघिल्लो साता संस्थापकलगायत केही ठूलो परिमाणमा सेयर किनबेच भएकाले पनि यस्तो हुन आएको हो । कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीहरूको मात्र ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४५.५८ प्रतिशत हो । गत साता आईएमई फाइनान्सियलको सबैभन्दा बढी रकमको कारोबार भएको छ । उक्त कम्पनीको १ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसैगरी गत साता आइर्एमई फाइनान्सियलकै सबैभन्दा बढी सेयर किनबेच भएको छ । उक्त कम्पनीको ४५ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याको आधारमा गत साता ११८९ वटा कारोबारका साथ एसियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ ।
प्रमाणपत्र वितरण
१)पिपुल्स फाइनान्सको १३औँ वाषिर्क साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयरको प्रमाणपत्र २०६७ असार १४ गतेबाट वितरण गर्ने बताएको छ ।
२) प्राइम लाइफ इन्स्योरेन्सले जारी गरेको रु १०० अंकित दरका १० लाख ८० हजार कित्ता साधारण सेयरको प्रमाणपत्र २०६७ असार ६ गतेबाट वितरण सुरु गरेको छ ।
३) नारायणी फाइनान्सको आठौ वाषिर्क साधारणसभाबाट पारित २५ प्रतिशत बोनस सेयरको प्रमाणपत्र २०६७ असार ७ गतेबाट वितरण गर्ने कम्पनीले बताएको छ ।
लाभांश वितरण
शिखर इन्स्योरेन्सको चौँथो तथा पाचौँ वार्षिक साधारणसभाबाट पारित १३.५ प्रतिशत नगद लाभांश २०६७ असार ७ गतेबाट वितरण गर्ने कम्पनीले बताएको छ ।
बुक क्लोज
निर्धन उत्थान लघु वित्त विकास बैंकको २०६७ असार १९ गते हुने विशेष साधारणसभाका लागि २०६७ असार ११ गते दर्ता पुस्तिका बन्द गर्ने बताएको छ ।
काष्ठमण्डप डेभलपमेन्ट बैंकले दोस्रो वाषिर्क साधारणसभाका लागि २०६७ असार ११ गते दर्ता पुस्तिका बन्द गर्ने बताएको छ ।
बिक्री बन्द
बैंक अफ एसिया जारी गरेको रु १०० अंकित दरका ५० लाख कित्ता हकप्रद सेयरको २०६७ असार ६ गते बिक्री बन्द भएको छ ।
ट्रेजरी बिल निष्कासन
नेपाल राष्ट्र बैंकले रु. ५० करोड को २८ दिने ट्रेजरी बिल बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्ने भएको छ ।
२०६७ असार ८ गते निष्कासन हुने उक्त ट्रेजरी बिलका लागि २०६७ असार ७ गतेसम्म बोलपत्र पेसगर्नुपर्ने बैंकले बताएको छ ।
आईएलएफसीको सेयर बिक्री
इन्टरनेसनल लिजि‹ एण्ड फाइनान्स कम्पनीले बिक्री नभएको र्सवसाधारण समूहअर्न्तर्गतको ५५ हजार ३८९ कित्ता हकप्रद सेयर बोलकबोल प्रक्रियाद्वारा २०६७ असार ७ गतेबाट बिक्री सुरु गरेको छ । सेयरको न्यूनतम मूल्य १०० राखिएको छ र न्यूनतम १०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीले २०६७ असार १० गतेसम्ममा कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरूमा बोलपत्र पेस गर्नुपर्ने बताएको छ । बोलपत्र २०६७ असार ११ गते कम्पनीको शाखा कार्यालय, चुच्चेपाटी, चावहिलमा खोलिने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
सूचीकरण
एनएमबी बैंकले र्फदर पब्लिक इस्यू गरेर जारी गरेको रु. १०० अंकित दरका ७ लाख १५ हजार कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
नयाँ सेयर/ऋणपत्र
कम्पनी : युनाइटेड फाइनान्स लिमिटेड
प्रकार : हकप्रद
अनुपात : १:१
कित्ता : १६ लाख ५० हजार
निष्कासन खुला मितिः २०६७-०२-०७
निष्कासन बन्द मिति : २०६७-०३-१०
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : एलिट क्यापिटल लिमिटेड
कम्पनी : पशुपति डेभलपमेन्ट बैंक
प्रकार : हकप्रद
अनुपात : १:२.५
कित्ता : ५० लाख
निष्कासन खुल्ला मितिः२०६७-०२-२८
निष्कासन बन्द मिति : २०६७-०३-३१
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : ग्रोमोर मर्चेन्ट बैंकर
कम्पनी : सहयोगी विकास बैंक
प्रकार : हकप्रद
अनुपात : ३:१
कित्ता : १ लाख ५० हजार
निष्कासन खुल्ला मिति : २०६७-०३-०८
निष्कासन बन्द मिति : २०६७-०४-१०
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : एनआईडीसी क्यापिटल मार्केट्स
कम्पनी : ओम फाइनान्स
प्रकार : हकप्रद
अनुपात : १:१
कित्ता : १० लाख ५० हजार
निष्कासन खुल्ला मिति : २०६७-०३-११
निष्कासन बन्द मिति : २०६७-०४-१३

कम्पनी : गोरखा फाइनान्स
प्रकार : हकप्रद
अनुपात : १:१
कित्ता : ६ लाख ९१ हजार ४२३
निष्कासन खुल्ला मिति : २०६७-०३-१६
निष्कासन बन्द मिति : २०६७-०४-१८
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : ग्रोमोर मर्चेण्ट बैंकर
कम्पनी : सनराइज बैंक
प्रकार : हकप्रद
अनुपात : १०:३
कित्ता : ३७ लाख ५० हजार
निष्कासन खुल्ला मिति : २०६७-०३-१५
निष्कासन बन्द मिति : २०६७-०४-१७

कम्पनी : अरनिको डेभलपमेन्ट बैक
प्रकार : आईपीओ
कित्ता : ९ लाख ८० हजार
दरखास्त दिन पाउने न्यूनतम सेयरः ५० कित्ता
दरखास्त दिन पाउने अधिकतम सेयर : २०,००० कित्ता
निष्कासन खुल्ला मिति : २०६७-०३-११
निष्कासन बन्द मिति (छिटोमा):२०६७-०३-१५
निष्कासन बन्द मिति (ढिलोमा):२०६७-०३-२५

कम्पनी : सेती वित्तीय संस्था
प्रकार : आईपीओ
कित्ता : १ लाख ९६ हजार
दरखास्त दिन पाउने न्यूनतम सेयर : ५० कित्ता
दरखास्त दिन पाउने अधिकतम सेयर : ५,००० कित्ता
निष्कासन खुल्ला मिति : २०६७-०३-१४
निष्कासन बन्द मिति (छिटोमा) : २०६७-०३-१७
निष्कासन बन्द मिति (ढिलोमा) : २०६७-०३-२८
बिक्री प्रबन्धक : सिभिल क्यापिटल मार्केट