दुर्घटना बीमासहित राजधानी ग्यास
ग्यास बिक्रेता तथा उपभोक्तालाई रु. १ लाखदेखि १० लाखसम्म दुर्घटना बीमा दिने योजना सहित राजधानी एलपी ग्यास बजारमा आएको छ । १० करोडको लागतमा नवलपरसीको मुकुन्दपरमा स्थापित राजधानी ग्यास इण्डष्ट्रिज प्रालिले उक्त ग्यास बजारमा ल्याएको हो । कम्पनीले वार्षिक ६ लाख सिलिण्डर रिफिल गरी चार सय डिलरमार्फत काठमाडौं, पोखरा, चितवन, नवलपरासी, बुटवललगायतका स्थानमा ग्यास बेच्ने बताएको छ । कम्पनीले उपभोक्तालाई सहज रूपमा ग्यास आपूर्ति गर्ने तथा गुणस्तर र तौलमा सम्झौता नगर्नेसमेत बताएको छ । कम्पनीको १ सय मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमता रहेको बताइएको छ ।