कुमारी बैंकको एकै दिन ६ शाखा
कुमारी बैंक लिमिटेडले एकै दिनमा छवटा शाखा खोलेको छ । बैंकले बाँकेको नेपालगञ्ज, सुर्खेत, कैलालीको धनगढी, सल्यानको खलंगा, दाङको तुलसीपुर र नवलपरासीको कावासोतीमा शाखा खोलेको हो । बैंकका सबै शाखाबाट निक्षेप, लगानी, विप्रेषण, प्रतीतपत्रलगायतका बैकिङ्ग सुविधा प्राप्त हुने बताइएको छ । यी सहित बैंकको शाखा सङ्ख्या २७ पुगेको छ । हालै बैंकले १० प्रतिशत ब्याज दिने 'बिग सेभिङ बचत खाता'को योजना ल्याएको थियो । बैंकले छिट्टै मोबाइल फोनको भरमा कारोबार गर्न पाउने गरी 'मोबाइल क्यास' योजना सञ्चालनमा ल्याउने बताएको छ ।