नेप्सेमा सुधार
गत साता नेप्से परिसूचक १७.६६ अंकले बढेको छ । अघिल्लो साता नेप्से परिसूचक १०.८४ अंकले घटेको थियो । सातामा पाँच दिन भएको कारोबारमा पहिलो दिन नेप्से परिसूचक घटी बाँकी दिन लगातार बढेको छ ।
हिजो आइतबार नेप्से ९.२ अंकले घटेको छ । गत साता बिहीबार नेप्से परिसूचक सबैभन्दा बढी १० अंकले बढेको छ । उक्त दिन चिलिमे हाइड्रो पावर र वाणिज्य बैंकतर्फ स्ट्यार्न्र्डड चार्टर्ड, नबिल, एभरेष्टलगायत अन्य केही वाणिज्य बैंकहरूको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएकाले नेप्सेमा पनि सोही अंकको सुधार आएको हो ।
गत साता नेपाल स्टक एक्सचेन्जमा ९६ कम्पनीहरूको कारोबार भएको छ, जसअनुसार ३१३७ कारोबारबाट १३ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरका ३ लाख ९५ हजार ८ सय २० कित्ता शेयरहरू खरिद-बिक्री भएका छन् ।
अघिल्लो साता १०९ कम्पनीहरूको कारोबार भएको थियो, जसअनुसार ४१४७ कारोबारबाट १४ करोड १८ लाख ३० हजार रुपैयाँ बराबरका ३ लाख १० हजार ९ सय ९० कित्ता शेयरहरू खरिद-बिक्री भएका थिए । कारोबार रकममा अघिल्लो साताको तुलनामा ४.३७ प्रतिशतले र्हास भएको हो ।
कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीहरूको मात्र ८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ६२.९३ प्रतिशत हो । गत साता बैंक अफ काठमाण्डूको सबैभन्दा बढी रकमको कारोबार भएको छ । उक्त कम्पनीको २ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यसैगरी गत साता भृकुटी विकास बैंक (संस्थापक) को सबैभन्दा बढी शेयर किनबेच भएको छ । उक्त कम्पनीको ७५ हजार ५३३ कित्ता शेयर किनबेच भएको छ । कारोबार संख्याको आधारमा गत साता ३८२ वटा कारोबारका साथ एशियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो ।
प्रमाणपत्र वितरण
एल्पिक एभरेस्ट फाइनान्सको साह्रौँ वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस शेयरको प्रमाणपत्र र २.५ प्रतिशत नगद लाभांश २०६७ असार २९ गतेबाट वितरण शुरु भएको छ ।
शेयर रजिष्ट्रार नियुक्त
नीलगिरि विकास बैंकले शेयर दाखिल खारेज तथा सोसँग सम्बन्धित सम्पूर्ण कार्यका लागि एलिट क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
१) सूर्य लाइफ इन्स्योरेन्स कम्पनीले शेयर दाखिल खारेज तथा सोसँग सम्बन्धित सम्पूर्ण कार्यका लागि एनएमबी बैक लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
२) सीएमबी फाइनान्सले शेयर दाखिल खारेज तथा सोसँग सम्बन्धित सम्पूर्ण कार्यका लागि सिभिल क्यापिटल मार्केट्सलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
बुक क्लोज
नारायणी नेशनल फाइनान्सले २:१ को अनुपातमा जारी गर्न लागेको हकप्रद शेयरका लागि २०६७ साउन १४ गते दर्ता पुस्तिका बन्द गर्ने बताएको छ । साथै साबिक नेशनल फाइनान्स र नारायणी फाइनान्स लिमिटेडका शेयरधनीहरूको छुट्टाछुटै कम्पनीका नाममा रहेको छुट्टाछुटै शेयर प्रमाणपत्रलाई रद्द गरी नारायणी नेशनल फाइनान्स लिमिटेडको नाममा नयाँ प्रमाणपत्र जारी गर्ने प्रयोजनका लागि २०६७ साउन १४ गतेदेखि २०६७ साउन ३० गतेसम्म शेयर कारोबार रोक्का रहने बताएको छ ।
म्याद थप
पशुपति डेभलपमेण्ट बैंकले १:२.५ को अनुपातमा जारी गरेको रु. १०० अंकित दरका ५० लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि २०६७ साउन १६ गतेसम्म म्याद थप गरेको छ ।
शेयर बाँडफाँड
१) दियालो विकास बैंकले जारी गरेको रु. १०० अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयरको २०६७ असार २९ गते बाँडफाँड भएको छ । उक्त बाँडफाँडमा १९ हजार ८६ जना आवेदकलाई शेयर परेको छ । कम्पनीले २०६७ साउन २ गतेबाट बाँडफाँडमा नपरेको शेयरको रकम फिर्ता र शेयर बाँडफाँडपत्र पनि वितरण शुरु गरेको छ ।
२) वेष्र्टन डेभलपमेण्ट बैंकले जारी गरेको रु. १०० अंकित दरका २ लाख ३० हजार कित्ता साधारण शेयरको २०६७ असार ३० गते बा“डफा“ड भएको छ । उक्त बा“डफा“डमा १४ हजार २३३ जना आवेदकलाई शेयर परेको छ ।
३) युनिक फाइनान्सले जारी गरेको रु. १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर २०६७ असार ३१ गते बाँडफाँड भएको छ । उक्त बाँडफाँडमा २४ हजार १७ जना आवेदकलाई शेयर परेको छ ।
४) सूर्यदर्शन फाइनान्सले जारी गरेको रु. १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर २०६७ असार ३१ गते बाँडफाँड भएको छ । उक्त बाँडफाँडमा २० हजार २३१ जना आवेदकलाई शेयर परेको छ । कम्पनीले २०६७ साउन ४ गते बाट बाँडफाँडमा नपरेका शेयरको रकम फिर्ता र शेयर बाँडफाँडपत्र पनि बितरण गर्ने बताएको छ ।
५) युनाइटेड फाइनान्सले १:१को अनुपातमा जारी गरेको हकप्रद शेयरको २०६७ असार ३० गते बाँडफाँड भएको छ । हकभन्दा बढी शेयरको माग गरी दरखास्त दिने आवेदकहरूको २०६७ साउन २ गतेबाट रकम फिर्ता गर्न शुरु गरेको पनि कम्पनीले जानकारी दिएको छ ।
सूचीकरण
१) अन्नपूर्ण विकास बैंकले जारी गरेको रु. १०० अंकित दरका ४६ लाख २० हजार कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
२) सिर्द्धार्थ बैंकले वितरण गरेको रु १०० अंकित दरका ३४ लाख ३४ हजार ९८० कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भएको छ ।
३) साल्ट ट्रेडिङ लि.ले वितरण गरेको रु. १०० अंकित दरका ४३ हजार २२० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
४) भृकुटी विकास बैंकले वितरण गरेको रु. १०० अंकित दरका २ लाख ११ हजार ४२० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
५) नीलगिरी विकास बैंकले जारी गरेको रु. १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
ट्रेजरी बिल निष्काशन
नेपाल राष्ट्र बैंकले रु. ५० करोडको २८ दिने ट्रेजरी बिल बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्ने भएको छ । २०६७ साउन ४ गते निष्काशन हुने उक्त ट्रेजरी बिलका लागि २०६७ साउन ३ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने बैकले जानकारी दिएको छ ।
निष्काशन अनुमति
१) नेपाल धितोपत्र बोर्डले हिमालय फाइनान्सलाई ५ करोड ६० लाख रकम बराबरको ५ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ । यस निष्काशनको बिक्री प्रबन्धक एलिट क्यापिटल रहेको छ ।
२) नेपाल धितोपत्र बोर्डले गण्डकी विकास बैंकलाई १० करोड रकम बराबरको १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ । यस निश्काशनको बिक्री प्रबन्धक एलिट क्यापिटल रहेको छ ।
३) नेपाल धितोपत्र बोर्डले ज्योति विकास बैंकलाई २९ करोड २० लाख रकम बराबरको २९ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ । यस निष्काशनको बिक्री प्रबन्धक एस डेभलपमेण्ट बैंक रहेको छ ।
नयाँ शेयर/ऋणपत्र
कम्पनी : सहयोगी विकास बैंक
प्रकार : हकप्रद
अनुपात : ३:१
कित्ता : १ लाख ५० हजार
निष्कासन खुल्ला मिति : २०६७-०३-०८
निष्कासन बन्द मिति : २०६७-०४-१०
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : एनआईडीसी क्यापिटल मार्केट्स
कम्पनी : ओम फाइनान्स
प्रकार : हकप्रद
अनुपात : १:१
कित्ता : १० लाख ५० हजार
निष्कासन खुल्ला मिति : २०६७-०३-११
निष्कासन बन्द मिति : २०६७-०४-१३

कम्पनी : गोरखा फाइनान्स
प्रकार : हकप्रद
अनुपात : १:१
कित्ता : ६ लाख ९१ हजार ४२३
निष्काशन खुल्ला मिति : २०६७-०३-१६
निष्कासन बन्द मिति : २०६७-०४-१८
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : ग्रोमोर मर्चेण्ट बैंकर
कम्पनी : सनराइज बैंक
प्रकार : हकप्रद
अनुपात : १०:३
कित्ता : ३७ लाख ५० हजार
निष्कासन खुल्ला मिति : २०६७-०३-१५
निष्कासन बन्द मिति : २०६७-०४-१७

मर्चेन्ट फाइनान्स लिमिटेड
प्रकार : हकप्रद
अनुपात : १:३
कित्ता : ९ लाख
निष्कासन खुल्ला मिति : २०६७-०३-३१
निष्कासन बन्द मिति : २०६७-०५-०२

शुभेच्छा विकास बैंक
प्रकार : हकप्रद
अनुपात : १:१.१
कित्ता : ५ लाख २८ हजार
निष्काशन खुल्ला मिति : २०६७-०४-०४
निष्काशन बन्द मिति : २०६७-०५-०७
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : एस डेभलपमेण्ट बैंक
कम्पनी : विश्व विकास बैंक
प्रकार : साधारण
कित्ता : ९ लाख ३६ हजार
दरखास्त दिन पाउने न्यूनतम शेयर : ५० कित्ता
दरखास्त दिन पाउने अधिकतम शेयर : १५००० कित्ता
निष्काशन खुल्ला मिति : २०६७-०३-३२
निष्काशन बन्द मिति (छिटोमा) : २०६७-०४-०४
निष्काशन बन्द मिति (ढिलोमा) : २०६७-०४-१४

कम्पनी : सिध्दार्थ बैंक
प्रकार : हकप्रद
अनुपात : २:१
कित्ता : ४७ लाख ६१ हजार
निष्काशन खुल्ला मिति : २०६७-०४-१३
निष्काशन बन्द मिति : २०६७-०५-१७
हक : हस्तान्तरण गर्न पाइने
बिक्री प्रबन्धक : एस डेभलपमेण्ट बैंक
कम्पनी : अरुण फाइनान्स
प्रकार : साधारण
कित्ता : ६ लाख
दरखास्त दिन पाउन न्यूनतम शेयर : ५० कित्ता
दरखास्त दिन पाउने अधिकतम शेयर : ५०,००० कित्ता
निष्काशन खुल्ला मिति : २०६७-०४-०९
निष्काशन बन्द मिति (छिटोमा) : २०६७-०४-१२
निष्काशन बन्द मिति (ढिलोमा) : २०६७-०४-२३
बिक्री प्रबन्धक : सिभिल क्यापिटल मार्केट्स