लगानी

२०७४-०३-२६ मा प्रकाशित     १०७३४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

जीवन बीमा कम्पनीको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले हाल सञ्चालनमा रहेका ९ ओटा जीवन बीमा कम्पनीको नाफा ७४ प्रतिशत वृद्धि देखाएको छ । ९ बीमा कम्पनी  रू. १ अर्ब ३४ करोड ४१ लाख १७ हजार आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो ।

तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । यस कम्पनीले रू. ४० करोड ९६ लाख ७२ हजार नाफा कमाएको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा ७२ प्रतिशत बढी हो । त्यसैगरी मेट लाइफको नाफा २ सय १५ प्रतिशत बढेर रू. १८ करोड ६४ लाख, नेशनल लाइफ इन्स्योरेन्सको नाफा ४७ प्रतिशत बढेर रू. १७ करोड ४७ लाख ४ हजार र प्राइम लाइफ इन्स्योरेन्सको नाफा १३ प्रतिशत बढेर रू. १० करोड ७४ लाख ५३ हजार पुगेको छ । ९ ओटा बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको नाफा घटेको छ । त्यस्तै, तेस्रो त्रैमासमा नाफा धेरै प्रतिशत वृद्धि हुने कम्पनी सूर्या लाइफ इन्स्योरेन्स हो । यस कम्पनीको नाफा ६ सय ६२ प्रतिशत बढेको छ । कम्पनीले रू. ६ करोड ३ लाख २६ हजार नाफा कमाएको छ । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सको नाफा ४५ प्रतिशत बढेर रू. २ करोड ९६ लाख ७९ हजार, गुराँस लाइफ इन्स्योरेन्सको नाफा १ सय ५० प्रतिशत बढेर रू. २ करोड ८८ लाख ४२ हजार र लाइफ इन्स्योरेन्स (एलआईसी)को नाफा १० प्रतिशत बढेर ४ करोड ९८ लाख ७७ हजार पुगेको छ । पछिल्लो समयमा बीमा गर्नेको सङ्ख्या बढेसँगै नाफामा उल्लेख्य वृद्धि भएको सम्बन्धित कम्पनीको वित्तीय विवरणल देखाएका छन् । जीवन बीमा निश्चित अवधिका लागि बीमा कम्पनी र व्यक्तिबीच गरिएको एक प्रकारको सम्झौता हो । यसो त कतिपयले यसलाई एउटा बचतको रूपमा लिन्छन् भने कतिपयले भइपरी आउने जोखीम कम गर्ने उपायको रूपमा लिने गरेका छन् ।


#  
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »