समाचार

२०७४-०३-२७ मा प्रकाशित     ३८५४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अख्तियारले गैरकानूनी रुपमा थुनामा राखेको आरोप

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चमा रिट दायर

असार २७, काठमाडौं (अस) । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै उनलाई रिहा गर्न आदेशको मागसहित मङ्गलवार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेतीद्धारा दायर गरिएको रिट निवेदनमा अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन तथा संविधानमा भएका प्रावधान विपरित थुनामा राखेको उल्लेख गर्दै शर्मालाई रिहा गर्न आदेशको माग गरिएको हो ।

रिट निवेदनमा महानिर्देशक शर्मासँग अमानवीय ढङ्गबाट धरौटी रकम मागिएको पनि उल्लेख गरिएको छ । उनीसँग ३ अर्ब २ करोड २२ लाख ५० हजार ४ सय ३९ रुपैयाँ ६६ पैसा धरौटी रकम मागिएको थियो । निर्धारण गरिएको सो रकम बुझाएमा शर्मालाई रिहा गरिने पनि धरौटी मागिएको पत्रमा उल्लेख गरिएको छ ।  सो रकम नबुझाएका कारण उनी हालसम्म पनि थुनामा नै छन् ।

रिट निवेदनमा अख्तियारलाई कर फछ्र्यौट आयोगले गरेका काम कारवाही प्रति अनुसन्धान गर्ने अधिकार नभएको उल्लेख गरिएको छ । कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा ४(२) मा कर फछ्र्यौट आयोगमा बहुमतको राय निर्णय हुने उल्लेख गरिएको र सो आयोग अर्ध न्यायिक प्रकृतिको भएका कारण पनि अख्तियारले आयोगले गरेका कार्य प्रति प्रश्न उठाउन नपाउने रिट निवेदनमा बताइएको छ ।  

उक्त ऐनको दफा १४ मा कर फछ्र्यौट आयोगमा प्रस्तुत गरिएको कागजात तथा आयोगको कारवाही गोप्य राख्नु पर्ने ब्यवस्था भएको, त्यस्तो कागजात र गोप्य कुराहरु कर निर्धारण वा असुलीको प्रयोजनको निमित्त बाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाणमा नलाग्ने उल्लेख भएबाट पनि अख्तियारको काम कारवाही कानून तथा संविधान विपरित भएको रिट निवेदनमा दावी गरिएको छ ।

महानिर्देशक शर्मासँग सम्बन्धित १ सय २५ ओटा फाइलहरु अनुसन्धान भएको र अझै पनि एक हजार त्यस्ता फाइलहरु अध्ययन गर्न बाँकी रहेको दुई साता अघि अख्तियारले बताएको थियो । १ सय २५ ओटा फाइलहरु अनुसन्धान गर्दा ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व चुहावट भएको देखिएको अख्तियारबाट थाहा भएको छ ।

कानूनले करदातासँग आपसी वार्ताद्धारा कर निर्धारण गर्न सक्ने विशेष अधिकार कर फछ्र्यौट आयोगलाई दिएको उल्लेख गर्दै रिट निवेदनमा आयोगले सम्पादन गरेका कार्य प्रति अख्तियारले छानविन वा अनुसन्धान गर्न नै नसक्ने पनि दावी लिइएको छ ।
  

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »