लगानी

२०७४-०३-२९ मा प्रकाशित     ३४०६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

असार २९, काठमाडौं (अस) । शुक्रवार तीन कम्पनीको हकप्रद शेयर खुला हुने भएको छ । सोही दिन हकप्रद खुला गर्नेमा दुई विकास बैङ्क र लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ बराबर १  (१ः१) को अनुपातमा हकप्रद शेयर निष्कासन असार ३० गते शुक्रवारदेखि भदौ १ गतेसम्म गर्दैछ । कम्पनीले शेयरधनीहरुका लागि प्रति शेयर एक सय अङ्कित दरको ३९ लाख कित्ता हकप्रद शेयर असार १२ गतेसम्म शेयर स्वामित्व हुने शेयरधनीहरुको लागि बिक्री खुला गरेको हो । 

हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी रू. ३९ करोड रहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि बैङ्कको चुक्ता पूँजी रू. ७८ करोड पुग्ने छ ।

असार ३० गतेदेखि भदौ १ गतेसम्म सप्तकोशी डेभलपमेण्ट लिमिटेडले १ बराबर १ दशमलव ३ (१ः१.३)को अनुपातमा हकप्रद शेयर निष्कासन बिक्री खुला गर्दैछ । असार १४ गतेसम्म शेयर स्वामित्व हुने शेयरधनीहरुको लागि प्रति शेयर एक सय अङ्कित दरको २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर खरीदको लागि आवेदन खुला गरेको हो । 

कम्पनीको हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी रू. २१ करोड १० लाख रहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि बैङ्कको चुक्ता पूँजी रू. ४८ करोड ५३ लाख पुग्नेछ । 

कञ्चन डेभलपमेण्ट लिमिटेडले १० बराबर ३ (१०ः३) को अनुपातमा हकप्रद शेयर निष्कासन असार ३० गते शुक्रवारदेखि भदौ १ गतेसम्म बिक्री खुला गरेको छ । बैङ्कले शेयरधनीहरुका लागि प्रति शेयर एक सय अङ्कित दरको १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद शेयर जेठ ३१ गतेसम्म खरीद बिक्री खुला गरेको हो । 

हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी रू. ३४ करोड ६५ लाख रहेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि बैङ्कको चुक्ता पूँजी रू. ४५ करोड ४ लाख ५० हजार पुग्नेछ । 

 

 

 

 

 

 

 

 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »