लगानी

२०७४-०४-१ मा प्रकाशित     ४७५० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

१० कित्ता अनिवार्य

 धितोपत्र बाँडफाँट प्रक्रियामा नयाँ व्यवस्था

काठमाडौं । साउनदेखि आस्बा प्रणाली अनिवार्य लागू भएसँगै धितोपत्र बाँडफाँट प्रक्रियामा पनि नयाँ व्यवस्था लागू हुनेछ । पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आस्बा अनिवार्य लागू भएसँगै आवेदकलाई १० कित्ता शेयर अनिवार्य बाँडफाँट हुनुपर्ने व्यवस्था ल्याइएको हो । धितोपत्र निर्देशिका जेठ १२ देखि नै लागू भए पनि धितोपत्र बाँडफाँट प्रक्रियामा अनिवार्य १० कित्ता बाँडफाँट प्रक्रियाबमोजिम दरखास्त दिनुपर्ने अनिवार्य व्यवस्था भएको मितिदेखि लागू गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

गत माघदेखि नै आस्बा प्रणाली लागू भएको हो । बोर्डले आस्बा प्रणाली प्रभावकारी बनाउन यससम्बन्धी निर्देशिकाबमोजिम शेयर खरीद आवेदन लिने/दिने व्यवस्था गर्न लगानीकर्ता र अनुमति प्राप्त संस्थाहरूलाई आग्रह गरेको छ । साथै, बोर्डले डिम्याटसम्बन्धी नयाँ व्यवस्थामा हाल दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताले बढीमा दुईओटा मात्र खाता कायम गर्न भदौ मसान्तसम्मको अवधि तोकेको छ । बोर्डले दिएको जानकारीअनुसार हाल अनुमतिप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले ७५ ओटै जिल्लामा २ हजार ३ सयभन्दा बढी शाखामार्फत आस्बा सेवा प्रदान गर्दै आएका छन् ।

धितोपत्र बाँडफाँट प्रक्रिया :
१. धितोपत्र सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गरेर बाँकी रहेको निष्कासित धितोपत्र २० वा सोभन्दा बढी कित्ता आवेदन गर्ने आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्थामा उल्लेख छ ।

२. धितोपत्र बाँडफाँट प्रक्रिया सकिएपछि धितोपत्र बाँकी भएमा पुनः सोही प्रक्रियाले बाँडफाँट गर्नुपर्नेछ । धितोपत्र १० कित्ताका दरले सबै आवेदकलाई बाँडफाँट गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउनेगरी गोला प्रथाबाट आवेदक छनोट गरी बाँडफाँट गर्नुपर्नेछ ।

३. धितोपत्र बाँडफाँट गर्दा बोर्डबाट सहमति प्रदान गरिएको सफ्टवेयर प्रयोग गर्नुपर्नेछ ।

४. धितोपत्रको बाँडफाँट गरेको दिन वा भोलिपल्टसम्ममा निष्कासन तथा विक्री प्रबन्धकले बोर्ड, धितोपत्र बजार तथा सर्वसाधारणलाई जानकारी गराउनुपर्नेछ ।

धितोपत्रको बाँडफाँट समयावधि :
सार्वजनिक निष्कासनका लागि खुला गरिएको धितोपत्र विक्री बन्द भएपछि २ लाखसम्मको धितोपत्र खरीदका लागि प्राप्त दरखास्त भए ३ दिनभित्र, २ लाखदेखि ३ लाखसम्म ४० दिनभित्र र ३ लाखदेखि माथिको भए ५० दिनभित्र बाँडफाँट गर्नुपर्नेछ । सो अवधिमा बाँडफाँट गर्न नसकेमा आवेदकले दरखास्तबापत जम्मा गरेको रकम फिर्ता भुक्तानी गर्नुपर्नेछ । धितोपत्र विक्री बन्द भएको मितिदेखि भुक्तानी दिन शुरू गरेको अघिल्लो दिनसम्मको सरकारी ऋणपत्रको प्रचलित अन्तिम ब्याजदरको आधारमा हुन आउने ब्याजबापतको रकमसहित फिर्ता भुक्तानी दिनुपर्नेछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »