समाचार

२०७४-०४-२ मा प्रकाशित     ४४० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आयात गर्दा नै ५५ सय क्वीण्टल चामल बिग्रेको थियो : संस्थान

काठमाडौं । जापान सरकारले सन् २०१२ मा अनुदानमा दिएको चामल आयातको क्रममा नै बिग्रिएको भए पनि त्यसको व्यवस्थापनको काम भने ५ वर्षपछि मात्रै अघि बढेको छ । उपलब्ध गराएको करीब २ लाख क्वीण्टल चामलमध्ये ५५ सय क्वीण्टल चामल मानव प्रयोजनका लागि अयोग्य भएको पुष्टि भएपछि नेपाल खाद्य संस्थानले उक्त परिणामको चामल ढिलै भए पनि व्यवस्थापन गर्न लागेको हो । जापान सरकारले हरेक वर्ष आफ्ना दाता मुलुकलाई केआर १ शीर्षकअन्तर्गत विभिन्न सामग्री अनुदानस्वरूप दिने गरेको छ । सोही क्रममा सन् २०१२ मा नेपाललाई उक्त परिमाणको चामल अनुदानमा दिइएको थियो ।

जापान सरकारले दिएको उक्त चामलमध्ये ५५ सय क्वीण्टल कोलकातास्थित बन्दरगाहमा आयातको क्रममा नै बिग्रिएको संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए । आयात भएको ५ वर्षपछि अहिले आएर सो चामल व्यवस्थापनको कार्य अघि बढेको हो । प्रवक्ता सापकोटाका अनुसार अनुदानमा दिएको उक्त चामलको सर्वेका लागि जापानबाट आएको एक टोलीले ‘ड्यामेज’ भनी प्रमाणीकरणसमेत गरेको थियो । त्यसपछि जापान सरकारले बिग्रेको चामलको परिमाणबराबर करीब १ करोड ८० लाख रुपैयाँ क्षतिपूर्तिसमेत दिइसकेको छ ।

बिगे्रको चामल व्यवस्थापनका लागि संस्थानले समिति गठन गरी खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा गुणस्तर परीक्षण गरी प्रतिवेदनसमेत पेश गरिसकेको छ । प्रतिवेदनमा उक्त चामल मानव प्रयोजनका लागि अयोग्य भएको उल्लेख छ । तर, पशुपक्षीको दाना वा अन्य कुनै प्रयोजनमा कच्चा पदार्थको रूपमा यसलाई प्रयोग गर्न सकिने हुँदा टेण्डर आह्वान गरी व्यवस्थापनको कार्य अघि बढाइएको सापकोटाको भनाइ छ । उनले भने, ‘आयातको क्रममा नै बिग्रिएको चामलको क्षतिपूर्ति पाइसकेकाले त्यसको व्यवस्थापनका लागि काम अघि बढिसकेको छ । विभिन्न स्थानमा त विक्रीसमेत भइरहेको उनले जानकारी दिए । क्षतिपूर्ति रकम भने २ वर्षअघि नै आइसकेको छ ।

बिग्रिएको चामल संस्थानका नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, काठमाडौंलगायत कार्यालयमा रहेको छ । उक्त चामलको मूल्य काठमाडौंमा ३० केजीको प्रतिबोरा ७ सय र अन्य स्थानमा ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । संस्थानसँग उक्त ३० केजी परिमाणका कुल १९ हजार २ सय २८ बोरा चामल रहेका छन् ।

दैनिक काम कारबाहीमा ढिलासुस्ती र आरोप खेप्दै आएको सरकारी निकायको कामप्रति यस्तो विषयले बारम्बार थप प्रश्न खडा गर्ने गरेको छ । प्रवक्ता सापकोटाले भने खान अयोग्य ठहर गरिएको चामल व्यवस्थापनमा केही समय लागेको स्वीकारे । ‘तर, संस्थानका कर्मचारीले प्रभावकारी ढङ्गले वा तदारुकताका साथ काम नगरेको भने पक्कै होइन,’ उनले भने ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »