समाचार

२०७४-०४-२ मा प्रकाशित     २६२३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

२८ वर्षपछि नयाँ औद्योगिक क्षेत्र

काठमाडौं । सरकारले २८ वर्षपछि औद्योगिक क्षेत्र विस्तारको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ । सातओटै प्रदेशमा नयाँ औद्योगिक क्षेत्रहरू थप गर्न लागिएको हो । श्रमशक्ति पलायन रोक्ने र रोजगारीका अवसर सृजना गर्ने सरकारी लक्ष्य पटकपटक सार्वजनिक भएको थियो । तर, २०१९ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापनायता हाल मुलुकमा १० ओटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । बालाजुले २०४५ सालमा कम्पनीको मान्यता पाएको थियो । त्यसयता भने सरकारले मुलुकमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न सकेको छैन ।

सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि जिल्ला र जग्गा छनोट भइसकेको छ । कतिपयको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुने क्रममा छ । केही क्षेत्रमा डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको छ । प्रादेशिक सन्तुलन कायम गर्न सबै प्रदेशमा १÷१ औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारी नीति छ ।

जग्गा पहिचान, डीपीआर र ईआईए
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार प्रदेश ३ को मकवानपुरस्थित मयुरधापमा औद्योगिक क्षेत्र स्थापना गर्न डीपीआर र ईआईए प्रतिवेदन असोज मसान्तसम्ममा तयार हुनेछन् ।

यस्तै, असोजसम्ममा प्रदेश ५ को रूपन्देहीस्थित मोतीपुरमा ८ सय १३ बिगाहामा डीपीआर र ईआईए प्रतिवेदन निर्माण भइसक्ने उनले जानकारी दिए । प्रदेश ५ कै बाँकेको नौबस्दामा २ सय ३८ बिगाहाका लागि भने डीपीआर र ईआईएको तयारी भइरहेको छ । प्रदेश ७ को कञ्चनपुरस्थित दैचीको ९ सयमध्ये ३ सय बिगाहा र सोही प्रदेशको कैलालीको लम्की ११ सय बिगाहाको पहिचान भई डीपीआरको तयारी भइरहेको छ ।

प्रदेश ३ मा स्थापना हुने अर्काे १ हजार ७ सय १४ बिगाहाको औद्योगिक क्षेत्र चितवनको शक्तिखोरमा निर्माण हुनेछ । त्यसका लागि नापजाँचको तयारी सम्पन्न भइसकेको बस्नेतले जानकारी दिए । ‘आगामी चैतसम्ममा उक्त क्षेत्रको डीपीआर र ईआईए सम्पन्न हुनेछ,’ उनले भने ।

१ हजार १ सय बिघामा निर्माण हुने सुर्खेतको साटाखानीस्थित औद्योगिक क्षेत्रका लागि जग्गा पहिचान भई अध्ययन शुरू भएको छ । गोरखाको च्याङ्लीफा“टमा पनि जग्गा पहिचानको काम भइरहेको छ ।

डीपीआर र ईआईएका लागि लिमिटेडले सरकारबाट ५ करोड रुपैया“ पाएको छ । सरकारले मध्यपहाडी मार्गमा नयाँ शहर विकास गर्ने लक्ष्य लिएको छ । त्यस्ता १० शहरमा पनि औद्योगिक ग्राम स्थापनाका लागि अध्ययन भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

स्वायत्त प्राधिकरणको माग
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले स्वायत्त औद्योगिक क्षेत्र विकास प्राधिकरण गठनका लागि प्रस्ताव गर्ने भएको छ । पुराना र नयाँ स्थापना हुने औद्योगिक क्षेत्रको विकास, प्रवद्र्धन र प्रभावकारिताका लागि स्वायत्तता आवश्यक रहेको लिमिटेडले बताउँदै आएको छ ।

संस्थाको ३०औं वार्षिकोत्सवका अवसरमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले नीतिगत समस्या समाधानका लागि मन्त्रालय तयार रहेको बताए । उनले भने, ‘करीब ६ ओटा औद्योगिक क्षेत्रको अध्ययनमा ती आवास गृहजस्तै देखिएका छन्, यसलाई व्यवस्थापन पक्षले सुधार गर्नुपर्छ ।’ पुराना औद्योगिक क्षेत्रको सुधारका लागि सरकारले अलग्गै बजेटको व्यवस्था गर्नुपर्ने लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए ।

औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष माधव अधिकारीले हालको संरचनाबाट आगामी दिनमा औद्योगिक क्षेत्र विस्तार र विकास सम्भव नहुने औंल्याए । उक्त अवसरमा १० ओटा औद्योगिक क्षेत्रका उत्पादक, कम्पनी र कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »