समाचार

२०७४-०४-२ मा प्रकाशित     ५४३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतमा राष्ट्रपतिको निर्वाचन शुरु, आजै घोषणा हुने

साउन २, नयाँ दिल्ली । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमवार शुरु भएको छ । सोमवार बिहान शुरु भएको सो निर्वाचनमा भारतको लोकसभा र राज्य सभाका सांसदले मतदान गर्दैछन् ।

यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार रहेका छन् । त्यस्तै भारतीय विपक्षी दल काङ्ग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार रहेकी छिन् । भारतको ससदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ ।

राष्ट्रपति चयनका लागि संसदमा मतदान गरिएको छ । सोमवार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए । यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा बताइएको छ ।

नयाँ राष्ट्रपति निर्वाचित भएको सोमवार नै घोषणा हुनेछ । रासस/सिन्ह्वा

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »