लगानी

२०७४-०४-२ मा प्रकाशित     २२८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नियमावली संशोधनका लागि माछापुच्छ्रेले डाक्यो विशेष साधारण सभा

साउन २, काठमाडौं (अस) । माछापुच्छ्रे बैङ्क लिमिटेडले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि विशेष साधारण सभाको आयोजना गर्ने भएको छ । बैङ्कले साउन २२ गते विहान ११ बजे होटल पोखरा ग्राण्डमा सभाको आयोजना गर्ने भएको हो ।

बैङ्कले सभामा बैङ्कको हाल कायम रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ बाट केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं.२ लाजिम्पाटमा स्थानान्तरण गर्ने भएको छ ।

आस्वा प्रणाली अपनाई सार्वजनिक रूपमा निष्कासन गरिने धितोपत्र खरिदको दरखास्त सङ्कलन गर्ने र सञ्चालक समितिको संरचना परिवर्तन गरी संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र स्वतन्त्र १ जना गरी कूल ७ जना सञ्चालक रहने प्रस्ताव सभामा लैजाँदै छ ।


बैङ्कले सो सभा प्रयोजनका लागि साउन ९ गते एक दिनका लागि शेयरधनि दर्ता किताव बन्द रहने बताएको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »