लगानी

२०७४-०४-२ मा प्रकाशित     ६६६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

परिसूचकमा १.३० प्रतिशत वृद्धि

१६०४.१५ विन्दुमा पुग्यो नेप्से

साउन २, काठमाडौं (अस) । साताको दोस्रो दिन नेप्से परिसूचक २० दशमलव ५८ अङक बढेको छ । सरकारले स्थानिय तहलाई रू. ७५ अर्ब छुटट्याएको खबरले शेयर बजारमा वृद्धि देखिएको एक ब्रोकरले बताए । बैङ्क तथा वित्तिय संस्थामा देखिएको तरलता अभाव समाधान हुने खरबले लगानीकर्ताहरुको मनोबल बढेको हो ।

बजार खुलेदेखि उकालो लागेको शेयरबजार अन्त्यमा १ दशमलव ३० प्रतिशत बढेर  १ हजार ६ सय ४ दशमलव १५ विन्दुमा पुगेर बन्द भएको छ ।  कारोबारमा आएका सबै समूहहरुको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । साथै, कुल बजार पूँजीकरण १ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम न्यून प्रतिशत बढेको छ ।

यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन इण्डेक्स १ दशमलव ३१ प्रतिशत बढेर ३ सय ४० दशमलव ७७ अङक पुगेको छ ।  सो दिन १ सय २१ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।


बैङ्किङ समूहको परिसूचक १ दशमलव ५४ प्रतिशत, विकास बैङ्कको १ दशमलव ५२, होटल समूहको १ दशमलव १९, उत्पादन तथा प्रशोधन समूह र बीमा कम्पनीको परिसूचक १ दशमलव १४ प्रतिशत बढेको छ । साथै, कारोबारमा आएका वित्त समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४८ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत बढेको छ ।

फर्रवाड कम्युनिटि माइक्रोफाइनान्स वित्तिय संस्थाको रू. ४ करोड ८९ लाख कारोबार भयो । यस कम्पनीको शेयर मूल्य रू. २ सय ४४ ले बढेर प्रति कित्ता शेयर रू. ३ हजार ५ सय ४२ पुगेको छ ।  यस कम्पनीको ६ सय ८४ पटकको व्यापारमा  १४ हजार २ सय २७ कित्ता शेयर किनबेच भएको हो ।

साथै, हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस कम्पनीको रू. ४ लाख ८३ हजार बराबरको शेयर कारोबार भएको हो ।  कम्पनीको शेयर मूल्य रू. ८१ प्रतिशत बढेर अन्तिम मूल्य रू. ८ सय ९१ पुगेको छ । यस कम्पनीको १५ पटकको व्यापारमा  ५ सय ५० कित्ता शेयर किनबेच भएको हो ।  यस दिन कुवेर मर्चेण्ट फाइनान्स लिमिटेडको अघिल्लो दिनको तुलनामा ६ प्रतिशत घटेर शेयर मूल्य रू. १ सय ४१ पुगेको छ ।  

त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कुवेर मर्चेण्ट एण्ड फाइनान्स, सानिमा बैङ्क, प्राइम लाइफ इन्स्योरेन्स, जनता बैङ्क, नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर, नविल बैङ्क, स्ट्याडर्ड चाटर्ड र नेपाल इन्स्योरेन्सको शेयर कारोबार रू. १ करोड ६८ लाख देखि रू. ३ करोड ८४ लाख सम्म शेयर कारोबार भएको छ ।
यस समयमा १ सय ५४ कम्पनीहरुको ६ हजार ६ सय ३५ पटकको व्यापारमा रू. ६९ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो दिन नेप्सको १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स न्यूट्रल जोन अथवा ५९ दशमलव २० स्केलमा पुगेको छ । यसले बजारमा शेयरको मूल्य सन्तुलनमा रहेको देखाउँछ । यस दिन एडी रेशियो ४ दशमलव ६५ रहेको छ । यसले शेयर बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »