बजार

२०७४-०४-२ मा प्रकाशित     १९८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ । समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो ।

सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा गत वर्षमात्र प्रशोधन केन्द्र स्थापना भएको थियो । समितिले बहुमूल्य धातु बढी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरेको हो । विश्वमा पाइने ८ सय धातुमध्ये नेपालमा आठ प्रकारका धातु पाइन्छन् । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातु हुन् ।

समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्तले रत्न, पत्थर धेरै पाइने स्थानको पहिचान गरी प्रशोधन केन्द्र स्थापना गरेको बताए । उनले भने, ‘सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, धादिङ, नुवाकोट जिल्ला धेरै रत्नपत्थर पाइने जिल्ला हुन्, त्यहाँको क्षेत्रलाई हेरेर प्रशोधन केन्द्र स्थापना गरेका हौं ।’

समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनि सयौँ युवालाई तालीमसमेत दिँदै आएको छ । समितिले प्रशोधन केन्द्र स्थापना भएपछि गतवर्षसम्म ७ सय ४९ जनालाई शीपमूलक तालीम प्रदान गरेको थियो । आव २०७३/७४ मा सुर्खेत, धादिङ र कालीकोट जिल्लामा १ सय ९१ जना युवालाई शीपमूलक तालीम प्रदान गरेको छ । समितिले शीप विकास तालीम ३ महीनासम्म दिने गर्छ ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झा नेपालको हिमाली क्षेत्र रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताउँछन् । उनले भने, ‘विभागले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननका लागि निजीक्षेत्रलाई दिने गरेको छ ।’ सुर्खेत, दैलेख, कालीकोट, लमजुङ, गोरखा, धादिङ, सङ्खुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »