समाचार

२०७४-०४-२ मा प्रकाशित     २७९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ठूला परियोजनामा लगानी बढाउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई भारत सरकारसँग विभिन्न समयमा भएका बिप्पा, पीडीए, पीटीएलगायतका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको छ । राजदूत पुरीको स्वागतमा चेम्बरले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा दुई देशको सम्बन्ध तथा आर्थिक विकासका बारेमा छलफल भएको थियो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भारत सम्बन्ध र व्यापार क्षेत्रको बारेमा जानकारी गराउँदै राजदूत पुरीसमक्ष नेपालका जलविद्युत्, पर्यटन र पूर्वाधार विकासमा लगानी बढाउन आग्रह गरे । भारत सरकारले नेपालसँग गरेका सम्झौता कार्यान्वयनमा ढिलाइ हुने गरेको भन्दै उनले ठूला र मेगा परियोजनाका काम अगाडि बढाउन आग्रह गरेका हुन् ।

नेपाल–भारत व्यापार विस्तारका लागि सीमाक्षेत्रको सडक तथा रेल सञ्जाल विस्तारमा विशेष ध्यान दिनुपर्नेमा चेम्बर पदाधिकारीले जोड दिएका छन् । उनीहरूले भारतसँग नेपालको सीमा जोडिएका उत्तरप्रदेश, उत्तराखण्ड, विहार, पश्चिमबङ्गालबाट सडक र रेल सञ्जाल विस्तार गर्नमा ध्यान दिनुपर्ने बताए । भारतबाट नेपाल आयात हुने मालवाहक ट्रकको सीमापारि लामो लाइन लागेको भन्दै सीमा क्षेत्रको भौतिक पूर्वाधार निर्माण गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले भारतमा हालै लागू भएको वस्तु तथा सेवा कर (जीएसटी)को स्वागत गर्दै भारतीय मुद्रामा हुने नेपालको आयात–निर्यातबारे जीएसटीले गर्ने व्यवस्था स्पष्ट हुनुपर्ने बताएका छन् ।

चेम्बरले गरेको स्वागत र नेपाल भारत सम्बन्धका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत पुरीले नेपालको आर्थिक विकासका लागि भारतको सधैं सहयोग रहने बताए । भारतले नेपालका ठूला आयोजनामा लगानी गरिरहेको र पुराना आयोजनाका काम पनि अगाडि बढ्ने विश्वास उनले दिलाए । भारतबाट आयात गरिने सामानका लागि जयनगरदेखि जनकपुरसम्मको रेल सञ्चालनको काम अगाडि बढेको र अन्य क्षेत्रबाट रेल सञ्चालन गर्ने विषयमा काम अगाडि बढाउने तयारी भएको उनको भनाइ थियो ।

नेपाल भारतबीच सदियौंदेखिको सम्बन्ध र चेम्बरले खेलेको भूमिका सकारात्मक रहेको बताउँदै राजदूत पुरीले ठूला परियोजनाका लागि आफूहरू काम गर्न तयार रहको बताए । चेम्बरले चीनले अगाडि बढाएको ओबर परियोजनामा नेपाल सहभागी भएको भन्दै भारतले अगाडि बढाएको जापान हुंदै अफ्रिका जोड्ने परियोजनामा पनि सहयोगी हुन तयार रहेको बताएको थियो । जवाफमा राजदूत पुरीले चीनले अघि सारेको पाकिस्तानको बाटो भएर जाने ओबरको अवधारणामा असुरक्षा रहेकाले भारत त्यसमा सहमत हुन नसकेको भन्दै भारतका लागि ओबरभन्दा एशिया अफ्रिका व्यापार मार्ग उपयुक्त रहने बताए ।

नेपालसँग उद्योग, पर्यटन, जलविद्युत् र पूर्वाधार विकासमा भारतको सधैं साथ र सहयोग रहने र मिलेर अगाडि बढ्नेमा राजदूत पुरीले विश्वास दिलाएका थिए ।  


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »