समाचार

२०७४-०४-२७ मा प्रकाशित     ५६३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

तीन कम्पनीले साउनभित्रै काम थाल्ने

६ कम्पनीलाई जीवन बीमा सञ्चालन अनुमति

काठमाडौं । अर्थ मन्त्रालयबाट जीवन बीमा व्यवसाय गर्न स्वीकृति पाएका १० मध्ये ६ कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएका छन् । आईएमई लाइफ, ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्सले असार २० मा त्यस्तो अनुमति पाइसकेका थिए भने साउन १८ मा रिलायन्स, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि अनुमति पाएका हुन् ।

यी कम्पनीले समितिले तोकेबमोजिम रू.२ अर्ब चुक्तापूँजी पुर्‍याएको र ६ महीनाभित्र आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, पुनर्बीमा करार र बीमाङ्कीको नियुक्ति गरेपछि व्यवसाय शुरू गर्ने प्रमाणपत्र पाउने समितिले बताएको छ । असारमै अनुमति पाएका ३ कम्पनीले भने साउनभित्रै काम शुरू गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

अनुमति पाउन बाँकी ४ कम्पनीहरूमा सानिमा लाइफ, स्टार लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । लाइसेन्सप्राप्त गरिसकेका कम्पनी अब भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा जुटेका छन् ।

हालै लाइसेन्स पाएका समेत गरी नेपालमा जीवन बीमा कम्पनीको सङ्ख्या १५ पुुगेको छ । यसअघि ९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यसअघिका ९ जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । राष्ट्रिय बीमा संस्थानबाहेक अन्य जीवन बीमा कम्पनी नेप्सेमा सूचीकृत रहेका छन् । नेपाली शेयरबजारमा बीमा कम्पनीहरूको प्रतिशेयर मूल्य अन्य बैङ्क तथा वित्तीय संस्थाको तुलनामा उच्च रहेको छ ।

बीमा समितिले आगामी असार मसान्तसम्म जीवन बीमा कम्पनीका लागि रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको छ । नयाँ आउने कम्पनीलाई सोहीबमोजिम चुक्तापूँजी पुर्‍याउन बाध्यात्मक स्थिति सृजना भएको हो । नयाँ कम्पनीलाई तोकिएबमोजिम चुक्तापूँजी पुर्‍याएपछि मात्र समितिले सञ्चालन अनुमति प्रदान गरेको छ । हालसम्म नेपाल लाइफ इन्स्योरेन्सले मात्र समितिले तोकेबमोजिमको चुक्तापूँजी पुर्‍याएको छ भने अन्यले बोनस, हकप्रद र मर्जर प्रक्रियाबाट पूँजी वृद्धि गर्ने कार्ययोजना समितिमा पेश गरेका छन् ।

चुक्तापूँजी नपुगेकामध्ये मेटलाइफबाहेक अन्यले पूँजी वृद्धिको कार्ययोजना समितिमा बुझाइसकेका छन् । मेटलाइफले कार्ययोजनाका लागि थप समय मागेको छ भने निर्जीवन बीमा कम्पनीहरूमा दि ओरियण्टल, नेशनल रराष्ट्रिय बीमा कम्पनीले थप समय मागेका छन् ।

युनाइटेड इन्स्योरेन्सले आव २०७२/७३ को वित्तीय विवरण स्वीकृतिका लागि समितिमा पेश गरेकाले स्वीकृतिपश्चात् कार्ययोजना पेश गर्ने जानकारी गराएको छ ।  

पछिल्लोपटक अर्थ मन्त्रालयले १० ओटा जीवन बीमा कम्पनीलाई स्वीकृति दिएपछि बीमा समितिले नियम पुर्‍याएर आएका कम्पनीलाई क्रमशः सञ्चालन अनुमति दिँदै आएको छ । नयाँ कम्पनीको संस्थापकमा संस्थाभन्दा व्यक्तिको सङ्ख्या धेरै छ । महालक्ष्मी जीवन बीमा कम्पनीमा संस्था र व्यक्तिसमेत गरी ५५ संस्थापक छन् ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »