समाचार

२०७४-०४-२८ मा प्रकाशित     १६५० पटक पढिएको    १ बिचार / प्रतिक्रिया

चुडामणि शर्मालाई थुनामुक्त गर्दै बिशेष अदालतलाई सर्वोच्चले सोधेका ५ प्रश्न
साउन २८, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालगायत विरुद्ध दायर भएको मुद्दामा अव विशेष अदालतले ५ ओटा प्रश्नको निरुपण गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले किटानी साथ ५ ओटा प्रश्न झिकी त्यसको निरुपण गर्न विशेष अदालतलाई आदेश दिएको छ ।
 
कर फछ्र्यौट निर्धारण आयोगले कर निर्धारण गर्दा अनियमितता (राजस्व चुहावट) गरी भ्रष्टाचार गरेको भन्ने सम्बन्धमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार भित्र पर्छ वा पर्दैन, कर फछ्र्यौट आयोगका  कागजात सरकारको अनुमतिबाट अख्तियारले प्राप्त गरेको हो वा होइन भन्ने जस्ता प्रश्न सर्वोच्च अदालतले उठाएको छ । त्यसरी प्राप्त गरेको कागजात अदालतमा प्रमाणमा लाग्ने हुन् वा होइनन्, कर फछ्र्यौट आयोगका पदाधिकारीले असल नियतले कार्य गरेको हो वा होइन र शर्मालगायत विरुद्ध अख्तियारले मुद्दा चलाउन पाउने हो वा होइन भन्ने जस्ता प्रश्नको निक्र्यौल गर्न सर्वोच्चले विशेष अदालतलाई भनेको छ ।
 
सर्वोच्च अदालतका न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजालसले कर फछ्र्याैट आयोगसँग सम्बन्धित मुद्दामा त्यस्तो पाँच प्रश्नको निरुपण गर्न आवश्यक भएको स्पष्ट गरेको छ । 
 
कर फछ्र्यौट निर्धारण आयोग अर्धन्यायिक प्रकृतिको निकाय भएकाले यसको बारेमा अख्तियारले छानविन गर्न नपाउने भनाई आइरहेको छ । यसैगरी कर फछ्र्यौट निर्धारण ऐन, २०३३ को दफा ३३ मा आयोगका कागजात गोप्य रहनेछ भन्ने उल्लेख छ । त्यस्तो कागजात लिनु परेमा नेपाल सरकारको अनुमति लिनु पर्ने ब्यवस्था पनि कानूनमा नै रहेको छ । त्यस्तै त्यस्ता कागजात कुनै पनि अदालतमा प्रमाणको रुपमा पेश गर्न नसकिने उल्लेख गरिएको छ । 
 
यसैगरी सर्वोच्च अदालतको आदेशमा विभागका तत्कालीन महानिर्देशक शर्मालगायतले कर फछ्र्यौट आयोगको सदस्यको रुपमा कार्य गर्दा बदनियत चिताई वा असल नियतले कार्य गरेको हो भन्ने सम्बन्धमा प्रमाण बुझि निर्णय गर्न भनिएको छ । 
 
विभिन्न निकायहरुबाट उठाउन नसकि निष्किृय रुपमा रहेको २०६९÷०७० को कर फछ्र्याैट गर्न सरकारले लुम्बध्वज महतको अध्यक्षतामा उमेशप्रसाद ढकाल र शर्मा सदस्य भएको आयोग गठन गरेको थियो । सो आयोगले बदनियतपूर्वक कार्य गरी सरकारलाई १० अर्व रुपैयाँभन्दा बढी हानी नोक्सानी पु¥याएको दावी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गर्नु अघि शर्माकी श्रीमती कल्पनाले आफ्ना पतिलाई गैरकानूनी रुपमा थुनामा राखेको आरोप लगाई सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
 
सो रिट निवेदनमा अन्तिम आदेश गर्दै सर्वोच्च अदालतले सो मुद्दामा बदनियत वा असल नियत के हुन्छ प्रमाण बुझी फैसला गर्न विशेष अदालतलाई आदेश दिएको हो । कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा १७ मा आयोगका पदाधिकारीहरुले असल नियतले गरेको वा गर्न खोजेको काम कारवाहीको सम्बन्धमा आयोगका कुनै पनि पदाधिकारीविरुद्ध मुद्दा चलाउन वा कुनै कानूनी कारवाही गर्न निषेध गरेको छ ।
 
सर्वोच्च अदालतले शर्मासँग धरौटी माग गर्दा उनले के कसरी ब्यक्तिगत लाभ वा फाइदा लिएका हुन् भन्ने सम्बन्धमा अख्तियारले स्पष्ट रुपमा खुलाउन नसकेको आदेशमा उल्लेख गरेको छ । विशेष अदालतमा मुद्दा दायर गर्दा र सर्वोच्च अदालतमा लिखित जवाफ पठाउन बदनियत साथ शर्माले कार्य गरेको भनी अख्तियारले उल्लेख गरेको भएपनि त्यसको प्रमाण भने पेश गर्न नसकेको आदेशमा भनिएको छ । 
 
शर्मालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी शुक्रवार बेलुका नै आफ्नो निवास गएका थिए । उनीविरुद्ध दायर भएको मुद्दालाई अव विशेष अदालतले अगाडि बढाउन बाटो खोलिदिएको छ । शर्मा अव विशेष अदालत जानु पर्नेछ । उनी त्यहाँ गएपछि वयान लिइनेछ । त्यसपछि उनीसँग थुनछेक वहस भई धरौटी मागिनेछ ।
 
शर्मासँग सम्बन्धित मुद्दामा सर्वोच्चले उठाएइका प्रश्न
  • कर फछ्र्यौट आयोगको कार्यको अनुसन्धान गर्ने अधिकार अख्तियारलाई छ वा छैन ?
  • आयोगको कागजात अख्तियारले कसरी पायो ?
  • कागजात लिन सरकारको अनुमति छ वा छैन ?
  • त्यस्तो कागजात अदालतमा प्रमाणको रुपमा लाग्छ वा लाग्दैन ?
  • आयोगका पदाधिकारीको नियत सफा थियो वा थिएन ?

#  
प्रसन्नाबा लेख्नुहुन्छ

ऐनकानू नै घूस सोहर्न नियतले तर्जुमा गरि भ्रष्टचारलाई यंरक्षण गर्ने गरी तैयार गरिन्छ भने हिचरा अदालत ले उठायकायी ५प्रश्न सान् दर्भिक छैनन् र? हाम्रा रिट ओकिल हरूले यो कर आयोगसंबन्धि ऐन खारेज गर्न रिट दर्ता किन नगरेका होलान् ? महान अर्थविद्कॉग्रेसका अरिथविद,माओवादीका अर्थविद्?एमालेका अर्थ विद् हरूको दृष्टी दसतौकौं संम यसतो घूसखाने राजमार्ग प्रति किन होस नभयर बोलकबोलप्रथीमा अध्य़क्ष रसदस्हरू भर्ना गर्ने नेपाल सरकारकारका अर्थ मन्त्रि हरू ! अनि पक्राउपर्नेमा चूडा मणिजी मात्रै किन ? सॉच्चै खोजी गर्नेहो आयोगका भू०पू० अध्यक्ष र सदस्यहरू उपर किन कारबाहि अ०दु०नि०आ०ल०गरेन? हुनत संसारको काजनिति व्यरारिले चलायको हुन्छ उद्योगि रवियपारिको कमाई,राजस्व चोरि र ठगि बाट हुन्छ,तेसको अंशियारमा व्यपारी,करफयौटआयोगका अध्य़ रसदशगकब हुन्! हाम्रा हल्लादारी पत्रकार हरूले विशेषत खोजी पत्रकार तथा जनाता जान्चाहन्छन् भन्नेजस्ता गर्दभ राग अलापने हरूले अनुसंन्धान दरून्! अनुसंन्धान गर्न सक्छन् ? मिहिनत गर्न सकिछन्? सक्दैनन् ! किन थाहा छ ? संसारक कर फर्स्यौट हरूको कार्यप्णालि अन्तर गत यस्तै चलन चल्ति नछिमेकिभारतदेखि अमेरिका संम यस्तै छ! छानबिन नै गर्ने हो ? महान नेता हरू,सर्बहाराका नेता हरू ससंसद हगरू को चै पवित्र गाईको धूतल् स्नान गरेको चोखोछन्? सबै चोखानै हुन् चोखै छनि केवल वाकग्दवार बाट विष्क्को शुद्ध जलले ननुहायतोल् मात्रै यीनिहर सुटबूट रदौरासुकूवाल लायरनि औसॉ बिष्टाउन् हरिया क्षिंगा ओरी परि भन् भनाईनै कहन्छन् ?

4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »