समाचार

२०७४-०४-२८ मा प्रकाशित     १६७२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कैद भुक्तान गर्न जेलमै बस्नु नपर्ने, घरमा बसेर वा रातिमात्र कारागारमा सुत्न पाइने कानून आयो

साउन २८, काठमाडौं (अस) । कुनै सजाँयमा कारागार चलान भएको कैदीले अब खुला कैद वा घरमा बसेर, राति मात्र कारागारमा सुत्न गएर वा शनिवार मात्र कारागारमा बस्न पाउने गरी नयाँ कानून पारित भएको छ । तर, यस्तो सुविधा गंभिर प्रकृतिका र लामो सजाँय पाएका कैदीलाई भने छुट हुने छैन् । 

व्यवस्थापिका—संसदको बिहीवार बसेको बैठकले फौजदारी कसूर (सजाँय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ लाई पारित गरेको छ । सो विधेयकमा राम्रो आचरण प्रस्तुत गरेको कैदीले खुला कैदमा बस्न चाहेमा त्यसको सुविधा पनि दिन सकिने गरी प्रावधान राखिएको छ ।

दुई वर्ष अवधि भुक्तान गरेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले अनुमति दिएमा त्यस्तो कैदीलाई खुला कारागारमा राख्न सकिने प्रावधान सो कानूनमा रहेको छ । खु्ला कारागार भनेको सम्बन्धित निकायको निगरानीमा कैदीले आफ्नो घरसमेत गई बस्न सक्ने छुट हो ।

यसैगरी सो कानूनमा एक वर्ष भन्दा कम कैद भएको कैदीले चाहेमा शनिवार वा राति मात्र कारागार गई बस्न सक्ने गरी नयाँ ब्यवस्थासमेत गरेको छ । यस्तो सुविधा गम्भीर प्रकृतिको अपराध गरेको कैदीलाई भने सुविधा दिन नसकिने कानूनमा उल्लेख गरिएको छ । 

मुलुकी ऐनलाई विस्थापित गर्न ल्याइएको कानून मध्ये यो एक हो ।

 


#  

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »