समाचार

२०७४-०४-३२ मा प्रकाशित     ६३४८ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

सर्वोच्चको बृहत पूर्ण इजलासद्धारा एउटा महत्वपूर्ण फैसला, ‘दोहो¥याई पाउँ’ निवेदनमा पनि धरौटीको सुविधा

साउन ३२, काठमाडौं । ‘दोहो¥याई पाउँ’ भन्ने मुद्दामा अभियुक्तले थुनामा नबसे पनि सर्वोच्च अदालतमा निवेदन दिन पाउने ठहर भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जवरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरेको बृहत पूर्ण इजलासले मुलुकी ऐन, अदालती बन्दोवस्तको १९४ नम्बरको ब्याख्या गर्दै अव देखि दोहो¥याई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतमा निवेदन दिंदा अभियुक्त थुनामा नबसे पनि हुने गरी ठहर गरेको हो ।

अदालती बन्दोवस्तको १९४ नम्बरमा ‘पुनरावेदन सुन्ने अड्डाले भए पुनरावेदन गर्ने म्यादसम्मलाई र पुनरावेदन दर्ता भएकोमा किनारा नभएसम्मलाई बढीमा १० वर्षसम्म कैदको सजाँय भएकोमा र पुर्पक्षलाई थुनामा बस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा धरौटी र जमानीमा छाड्न सक्नेछ’ भन्ने ब्यवस्था छ ।

यस अघि सर्वोच्च अदालतले यो सुविधा पुनरावेदनको निवेदन दिंदा मात्र लागू हुने तर ‘दोहो¥याई पाउ’ भन्ने निवेदनमा लागू नहुने भन्ने ब्याख्या गरी सम्बन्धित अभियुक्त कैदमा बस्नु नै पर्ने गरी सो नम्बरको ब्याख्या गरेको थियो । शशिकान्त तिवारी भन्ने ब्यक्तिलाई वन कटान गरेको अभियोगमा शुरु निकायले गरेको फैसलालाई उच्च अदालतले पनि सदर गरेको तर, उनी सर्वोच्च अदालतमा आउनको लागि थुनामा नै बस्नु पर्ने बाध्यता आइपरेको थियो । उनले बाहिरै बसि सर्वोच्च अदालतमा निवेदन दिन पाउन निवेदन दिएकोमा अदालती वन्दोवस्तीको १९४ नम्बरको ब्याख्या गर्न त्यस्तो बृहत इजलास गठन गरिएको हो ।

एमिकस क्युरीको रुपमा बहस गर्दै वरिष्ठ अधिवक्ता यदुनाथ खनालले १९४ नम्बरको सुविधा दोहो¥याई पाउँ भन्ने निवेदनको हकमा पनि लागू गर्नुपर्ने माग गरेका थिए । सो सुविधा दिने गरी अदालतले गरेको निर्णयलाई वरिष्ठ अधिवक्ता खनालले कोसेढुङ्गाको संज्ञा दिए ।    

 


#  
Gobinda Prasad Marasini लेख्नुहुन्छ

Real Justice

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »