घर संसार

२०७४-०५-९ मा प्रकाशित     ४६४३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

बैना रकम पनि बैङ्कबाटै दिनुपर्ने

घरजग्गा किनबेचमा ‘गुड फर पेमेण्ट चेक’ अनिवार्य
मदन लामिछाने

मदन लामिछाने

काठमाडौं । घरजग्गा खरीदविक्रीमा साउन १ गतेदेखि नगद कारोबारको सीमा १० लाख रुपैयाँमा झरेपछि मालपोत कार्यालयहरूले ‘गुड फर पेमेण्ट’ चेकको रसिदका आधारमा मात्र नामसारी शुरू गरेका छन् । नगद कारोबारमा सीमा तोकिएपछि मालपोत कार्यालयहरूले जग्गा नामसारीमा कडाइ गर्न थालेका हुन् । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित व्यवस्था भन्दै राष्ट्र बैङ्कले कारोबारमा कडाइ गर्न मालपोत कार्यालयहरूलाई पनि सर्कुलर गरेको थियो । त्यहीकारण मालपोत कार्यालयहरूले घरजग्गा खरीदविक्रीमा कडाइ गरेका हुन् ।

मालपोत कार्यालयहरूले घरजग्गा किन्ने–बेच्नेबीच नगद कारोबार बैङ्कमार्फत भएको प्रमाण माग्न थालेका छन् । चेक भुक्तानीका आधारमा मात्र जग्गा नामसारी गरिदिँदा ‘बाउन्स’ हुने खतरा देखिएपछि अनिवार्य रूपमा गुड फर पेमेण्ट चेक काटिएको प्रमाण खोज्न थालिएको हो । यसअघि जतिसुकै रकमको खरीदविक्री भए पनि मालपोतमा प्रमाण पेश गर्नु पर्दैनथ्यो । थैली कायम गर्दा त्यसमा लाग्ने कर बुझाए पुग्थ्यो । गुड फर पेमेण्ट चेक काटिएपछि चेक बाउन्स हुने वा विक्रेताले पैसा नपाउने समस्या हट्ने र यसले ठगी नियन्त्रण हुने बताइएको छ ।

अब जग्गाधनीले पैसा भुक्तानी लिए÷नलिएको सोध्नुपर्ने अवस्था हटेको मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत पद्मनिधि सोतीले बताए । ‘अब बैङ्क खाता नहुनेले पनि बैङ्कमा खाता खोल्नुपर्छ, अनि मात्र कारोबार हुन्छ,’ उनले भने । बैङ्कबाट कारोबार भएको प्रमाण पेश गर्नुपर्ने भएपछि बैना रकम पनि बैङ्कबाटै दिनुपर्ने भएको छ ।

प्रमुख सोतीका अनुसार बैना रकम हातहातै दिएको भए पनि अब बैङ्कबाट देखाउनुपर्छ । साउन १ गतेअघि बैना रकम बुझ्ने वा बुझाउनेलाई केही झन्झट भएको छ । नयाँ व्यवस्थाका कारण घरजग्गा पास गर्न आएका अधिकांश ग्राहक फर्किनुपर्ने अवस्था आएको छ । बैङ्करका अनुसार घरजग्गा नामसारीमा कडाइपछि गुड फर पेमेण्ट चेक बनाउनेहरूको सङ्ख्या बढेको छ । ‘नयाँ व्यवस्थाका कारण आज जग्गा पास गरौं, २–३ महीनाभित्र पैसा चुक्ता गरौंला भन्न पाइने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘यसले उधारो कारोबारलाई निरुत्साहित गरेको छ ।’

सरकारले नै १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैङ्कमार्फत गर्नू भनिसकेपछि त्यसभन्दा बढी मूल्यका घरजग्गा किनबेचमा बैङ्कबाट कारोबार भएको प्रमाणलाई अनिवार्य गरेको सोतीले बताए । ‘अहिले हामीले बैङ्क कारोबार भएको प्रमाण माग्न थालेका छौं,’ उनले भने । त्यो दिन नसकेपछि बैङ्कबाट कारोबार भएको प्रमाण लिन उनीहरू फर्किने गरेको उनको भनाइ छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »