शिक्षा

२०७४-०५-२९ मा प्रकाशित     २१५९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अहिले स्नातक तहका लागि कलेज छनोट गर्ने समय हो । यो समयमा उचित निर्णय गर्न सकिएन भने अबको ४ वर्ष पछुताउनुपर्ने हुन सक्छ । त्यसैले, कलेज छान्दा विशेष ध्यान दिनुपर्छ । सर्वप्रथम आफ्नो अभिभावकले पढाइका लागि आर्थिक जोहो गर्न सक्ने/नसक्ने कुराको निर्क्योल गर्नुपर्छ । साथै, आफूले पढ्न लागेको विषयको अध्ययनपछि रोजगारीको सम्भावनाका कलेजले के कस्ता व्यवस्था गरेको छ भन्ने बुझ्नुपर्छ । कतिपय कलेजले पढाइको अन्त्यतिर रोजगारदातासँग भेटघाट र परामर्शमार्फत करीअरका लागि सम्बन्ध विस्तार गराइदिन्छन् ।

पढ्ने विषय स्पष्ट भएपछि कलेज भ्रमण गर्नुपर्छ । भ्रमण गर्दा कलेजको भौतिक संरचना, शैक्षिक वातावरण, शिक्षकको योग्यता र पुस्तकालयको व्यवस्थाबारे राम्ररी बुझ्नुपर्छ । कतिपय कलेजले अहिले पनि दक्षता हासिल नगरेका शिक्षकको व्यवस्था गरिरहेको पाइएको छ ।
कलेज छानिसकेपछि उक्त कलेजबाट अघिल्ला वर्षहरूमा पढाइ सकेर गएका दाजुभाइको अनुभव सुन्ने प्रयास पनि गर्नुपर्छ । यसक्रममा पढाउने शिक्षकको योग्यता, अघिल्ला वर्षका नतीजा आदिबारे जानकारी राख्नु राम्रो हुन्छ । कलेज छान्दा सर्वप्रथम त्यो कलेज कत्तिको पारदर्शी छ भन्ने पनि बुझ्नुपर्छ । पारदर्शिताका लागि कलेजले वेबसाइटमा सबै विवरण राखेको छ/छैन हेर्नुपर्छ । त्यसैले, पारदर्शितालाई छनोटको पहिलो कसी मान्नुपर्छ ।

उत्कृष्ट कलेज छान्ने आधारहरू :

  • कलेजको इतिहास
  • भिजन, मिशन, अब्जेक्टिभ
  • शैक्षिक प्रकाशन (जर्नल, न्यूजलेटर)
  • जब प्लेसमेण्टको अवसर
  • व्यावहारिक अवस्थामा आवश्यक ज्ञानका लागि सम्बन्धित कम्पनी भ्रमण, गेष्ट लेक्चर तथा इण्टर्नशिपको व्यवस्था
  • बिजनेश इन्क्युबेशन तथा एक्ज्युकेटिभ डेभलपमेण्ट कार्यक्रम
  • नेटवर्किङका अवसर
  • भौतिक संरचना
  • कलेज ब्राण्ड/रेपुटेशन
  • फ्याकल्टिजको गुणस्तर
  • उत्पादित जनशक्तिको गुणस्तर

यस आधारबाट कलेजले शैक्षिक क्षेत्रमा कति लामो समयदेखि योगदान पुर्‍याउँदै आएको छ भनी हेर्ने प्रयास गर्नुपर्छ ।  त्यसैगरी, कलेजले आफ्नो भिजन, मिशन तथा गोल/अब्जेक्टिभ लिएर अघि बढेको छ कि छैन भन्ने कुरालाई पनि महत्त्व दिनुपर्छ । नेपालका अधिकांश कलेजको कमजोरी नै जर्नल तथा अन्य शैक्षिक गतिविधि प्रकाशित नगर्ने रहेको छ । यसले गर्दा विद्यार्थीले आफूले गरेको सर्भे र रिसर्च प्रकाशन गर्ने मौका पाइरहेका हुँदैनन् । त्यसैले, सकेसम्म जर्नल वा न्यूजलेटर प्रकाशन गर्ने कलेज छनोट गर्नुपर्छ । विद्यार्थीलाई स्वयम्मा एक उद्यमी बनाउन कलेजले इन्क्युबेशन तथा एक्ज्युकेटिभ डेभलपमेण्टका कार्यक्रम सञ्चालन गरेको अवस्थालाई विशेष मूल्याङ्कन गर्नुपर्छ । यसबाहेक शैक्षिक संस्थाको आन्तरिक व्यवस्थापनदेखि बजारमा सम्बन्धित शैक्षिक संस्थाका विद्यार्थीको माग जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

प्रस्तुति : पूर्णभक्त दुवाल


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »