लगानी

२०७४-०५-३० मा प्रकाशित     १६६८ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

३६ हजार २ सय ७० जनाले हातपारे

भदौ ३०, काठमाडौं (अस) । नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रवार बाँडफाँट भएको छ । आवेदकको सङ्ख्या धेरै भएका कारण नेपाल हाइड्रोको आइपीओ गोलाप्रथाद्धारा बाँडफाँट भएको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार नेपाल हाइड्रोको आइपीओमा १ लाख ७३ हजार ५ सय १ जनाको रू.१ अर्ब ५० करोड बराबरको आवेदन परेको थियो । सो आवेदकमध्ये १ लाख ७१ हजार ५ सय ९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९ सय ९ जनाको आवेदन रद्द भएको छ । बाँडफाँटमा स्वीकृत भएका आवेदकमध्ये ३६ हजार २ सय ७० जनाले १० कित्ता सेयर हात पारेका छन् । अन्य १ लाख ३५ हजार ३ सय २२ जनाको हात खाली भएको छ ।

नेपाल हाइड्रोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसारनै आईपीओ बाँडफाँड गरेको हो । निर्देशिका अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । १० कित्ता बाँडफाँट गरिसकेपछि बाँकी रहेमा फेरी थप १० कित्ता बाँडफाँट गर्ने र १० कित्ता बाँडफाँट गर्न नपुग्ने भएमा गोलाप्रथाबाट बाँडफाँट गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल हाइड्रोले साउन २७ देखि ३२ गतेसम्म ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । उक्त आइपीओ मध्ये २ प्रतिशतका दरले ७ हजार ८ सय कित्ता कर्मचारी र ५ प्रतिशतका दरले १९ हजार ५ सय कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६२ हजार ७ सय कित्ता सेयर सर्वसाधारणहरुका लागि विक्री गरिएको हो ।

दोलखा जिल्लामा ३ दशमलव ५२ मेगावाटको चर्नावती खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको नेपाल हाइड्रोको हाल रू.२२ करोड १० लाख चुक्तापूँजी रहेको छ भने अधिकृत पूँजी रू.६० करोड छ । आइपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू.२६ करोड पुग्नेछ ।


#  
Binod man joshi लेख्नुहुन्छ

Lagani garane sabai lai aliali bayapani shar paunuparme

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »