शेयर / बैङ्किङ गतिविधि

२०७४-०६-३ मा प्रकाशित     १३९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सनराइजले दियो बीमा रकम

काठमाडौं (अस) । सनराइज बैङ्कले लुभु शाखाबाट सुरक्षित घर कर्जा लिएका ग्राहक श्रीप्रसाद तण्डुकारको निधन भएकोमा घरबीमाबापतको रकम हस्तान्तरण गरेको छ । घर कर्जा रकमबराबरको बीमा रकम र बोनससहित १५ लाख ७४ हजार २ सय ५० रुपैयाँ कर्जा योजनाको साझेदार प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सनराइज बैङ्कका नायब महाप्रबन्धक रवीनकुमार नेपाललाई मृतक ग्राहकका छोरा सुमन तण्डुकारको उपस्थितिमा हस्तान्तरण गरे । उक्त रकममध्ये १५ लाख रुपैयाँले बैङ्कको साँवा रकम चुक्ता गरिनेछ भने बाँकी बोनस रकम सुमन तण्डुकारलाई उपलब्ध  गराइने बैङ्कले जानकारी दिएको छ ।

बैङ्कले विगत २ वर्षदेखि ग्राहकलाई ऋण रकमबराबरको सावधिक जीवन बीमासहितको सनराइज सुरक्षित घर कर्जा योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत ग्राहकको कर्जा रकम बराबर जीवन बीमा गरिनुको साथै निजलाई बीमाको अवधिअनुसार बोनसमा समेत सहभागिता गराइँदै आएकोे छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »