बजार

२०७४-०६-६ मा प्रकाशित     २०६५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

संसारकै उत्कृष्ट बस पोखरा–काठमाडौं रूटमा : दुईओटा बसमा ४ करोड लगानी

पोखरा । सार्वजनिक यातायातको क्षेत्रमा लगानी गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बसमा लगानी विस्तार गरेको छ । कम्पनीले पोखरा–काठमाडौं रूटमा शुक्रवारदेखि उक्त बस सञ्चालन गर्न लागेको हो ।

संसारकै उत्कृष्ट स्तरको बस सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । कम्पनीले यस अगाडि सोही रूटमा एशियाकै उत्कृष्ट स्तरको बस सञ्चालन गरिरहेको छ ।

नयाँ बस शुक्रवार पोखरादेखि औपचारिक रूपमा सञ्चालन हुँदै छ भने शनिवार काठमाडौंमा सेवा शुभारम्भ गरिनेछ । प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहने उक्त कम्पनीका ती बसहरूमा २१ सिट क्षमता रहेको छ । बसभित्रै रेष्ट रूम र मिनी बारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस (सञ्चालक समितिअन्तर्गत सञ्चालन हुनेछन् ।  
आनन्दसँग सुतेर यात्रा गर्न सकिने ती बसमा ब्रेकफास्ट तथा लञ्चको सुविधासमेत उपलब्ध रहेको अधिकारीले जानकारी दिए । दैनिक काठमाडौं र पोखराबाट छुट्ने ती बसमा यात्रुको सुविधाका लागि बस क्र्यू खटिनेछन् । दुईओटा बसमा प्रतिबस करीब २ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिस प्रयोग गरी बस तयार गरिएको उनले बताए ।

भाडादर ६ सय ५० रुपैयाँ तोकिएको उक्त बसमा खाना बफेडको ५ सय ५०, खाजाको १ सय ५०, क्र्यू सर्भिस शुल्क ५०, काउज सिड शुल्क २ सय, मनोरञ्जन शुल्क २ सय ५०, चिया, कफी, चिसो तथा चक्लेट शुल्क २ सय, रेष्ट रूम शुल्क ५०सहित जम्मा भाडादर २ हजार २ सय रुपैयाँ तय गरिएको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

राज्यले यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रको विकास गर्नुपर्ने समितिका अध्यक्ष ऐनकुमार साई बताउँछन् । संस्थाले आगामी दिनमा थप स्तरीय बसहरू सञ्चालन गर्ने उनले बताए । समितिअन्तर्गत १ हजार ३ सय ५५ गाडी सञ्चालनमा रहेका छन् । ‘तीमध्ये अधिकांश गाडी डिलक्स मापदण्डका छन्,’ उनले भने, ‘समितिअन्तर्गत देशभरका रूटमा बसहरू सञ्चालन भइरहेका छन् ।’

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »